‘धरानमा गजेन्द्र इश्वोको निधनले अपुरणीय क्षति’


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक २६

धरानः जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष स्व. गजेन्द्र इश्वोको जनता समाजवादी धरान उपमहानगर समितिले श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरेको छ ।
धरान नगर समितिले बुधबार पार्टी कार्यालयमा सो कार्यक्रम आयोजना भएको हो । श्रद्धाञ्जली सभामा बोल्ने अधिकांश वक्ताले इश्वोको निधनले धरान, गोर्खा सैनिकका लागि अपुरणीय क्षत्री पुगेको बताएका छन् ।
का पार्टीकी केन्द्रीय सदस्य दुर्गामाया लिम्बूले इश्वोको निधनले धेरै थाँती रहेको काम अझै थाँती रहने अवस्थामा रहेको बताइन् । आगामी दिनमा उनले चालेको कदमलाई सबैले लागू गर्नुपर्नेमा उनको जोड थियो ।
सभामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जेन्टल लावतीले इश्वो तेह्रथुमको खाम्लालुङ्मा जन्मेर बेलायतसम्म अधिकारको लागि लडेको स्मरण गरे । लावतीले उनले देखाएको पहिचानको बाटो अबको दिनमा हामी सबैको काँधमा आएको बताए ।
श्रद्धाञ्जलीसभामा जसपा प्रदेश १ सदस्य वेदराज राईले ब्रिटिस आर्मिक जुझारु लाहुरे भएको चर्चा गरे । घण्टाघर नजिक रहेको भवन अन्य सडक किरात याक्थुङ चुम्लुङ भवन गोर्खापार्क जस्ता काम गरिसकेका इश्वोको निधनले अपुरणीय क्षति भएको बताए ।
सभामा जनता समाजवादी लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य विपीन इवारमले शोकलाई शक्तिमा बदल्दै उनले देखाएको बाटोमा लाग्नुपर्ने बताए ।
श्रद्धाञ्जलीसभामा किरात राष्ट्रिय समिति सदस्य मानभगत चाम्लिङले आदिवासी, जनजाति, दलित र मधेसीले एमालेमा बसेर मुक्ति नपाउने भएपछि आफूहरुले सँगै पार्टी परित्याग गरेको बताए । इश्वोको निधनले पार्टीलाई मात्र नभएर समाजसेवाको क्षेत्रमा समेत अपुरणीय क्षति भएको बताए । गोर्खा सैनिकको अधिकारका लागि लडेको कारण अझै लड्न बाँकी रहेकोले पनि उनको निधनले अपुरणीय क्षति भएको बताए ।
श्रद्धाञ्जली सभामा जनतासमाजवादी पार्टीका युवा महिला विद्यार्थी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । सभामा स्व.इश्वोको संक्षिप्त जीवनीलाई नगर अध्यक्ष ताजुप लिम्बू वाचन गरेका थिए । सभामा स्व. इश्वोका छोरा रविचन्द्र इश्वोको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप