मुकेशले ल्याए ‘तिहारै आयो मनै रमायो’ (भिडिओ)

गायक तारालक्सम लिम्बू, विनोद खम्बु, मिना निरौलाको सामूहिक स्वर


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक २६

धरानः कोरोनाको महामारीको कारण यसपालि देउसी खेल्न निषेध गरेपनि धमाधम हरेक वर्षझैं देउसी गीतहरु निकाल्ने क्रम यस वर्ष पनि जारी नै रहेको छ ।
यसैको भींडमा गायक मुकेश देवले तारा लक्सम लिम्बू, विनोद खम्बु, मिना निरौलालगायतका गायक गायिकाहरुसँगको सामूहिक देउसी गीत रिलिज गरेका छन् ।
‘तिहारै आयो मनै रमायो’ बोल रहेको गीतको लिरिकल भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।
केदार धितालको शब्दमा विनोद खम्बुको संगीत रहेको गीतमा मुकेश देव, तारा लक्सम लिम्बू, विनोद खम्बु र मिना निरौलाको स्वर सुन्न सकिनेछ ।
तिहारै आयो मनै रमायो
चेली देख्दा माइतीको आँसु बरर हो, आँसु बरर
खुशीको आँसु झर्छ बरर
माइती देख्दा चेलीको आँसु बरर हो, आँसु बरर
बर्ष र दिनको चाड र पर्व
चेली माइतीसँग सँगै मनाउँ मिलेर हो, मनाउँ मिलेर
माइतीको साथ पाए चेलीले
दुःख बिर्सी सुखको आँसु बरर माइती, आँसु बरर
आहै झिलिमिली झिलिमिली देउसीरे
आहै के को झिलिमिली देउसीरे

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप