धरानको प्रचार गर्दै लोकप्रिय गायक राजेशपायल राई (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक २५

धरानः लोकप्रिय गायक राजेशपायल राई र गायिका निलम रोजु राईको स्वरमा ‘पूर्वै शहर’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
निलमको संगीतमा रहेको गीतका शब्द आलोक चाम्लिङ राईले लेखेका हुन् । प्रवासमा बसेर जन्मभूमिलाई माया गर्नेहरूको अवस्थालाई देखाइएको गीतको निर्देशन शन्तकुमार राईले गरेका छन् । सरु राना गुरुङको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा सन्तोष राई र सलिना थापा मगरले अनस्क्रिन रोमान्स गरेका छन् ।
म्युजिक भिडियोको छायांकन बेलायतमा गरिएको हो । बेलायतमै बसेर लामो समयदेखि व्यवसायिक रूपमा फोटोग्राफी तथा भिडियोग्राफी साथै डिजाइनरसमेत रहेका सुमन श्रेष्ठले भिडियोको छायांकन गरेका हुन् ।
उनले धरानलाई माया गर्दै अर्थात् धरानको प्रचार हुने गरी यसअघि ‘पूर्वै धरान’ बोलको गीत पनि ल्याएका छन् ।
हेरौं भिडियोः

https://youtu.be/EGAq2cbjDXU

https://youtu.be/EGAq2cbjDXU

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप