खोकी चल्दा पेट फुुटेका धरानका सीतारामको अप्रेसन सफल

‘सहयोगी मनकै कारण बाँचे’


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक २५

धरानः खोकी चल्दा अप्रेसन गरेको पेट फुटेका धरान–९ पुतलीलाइनका सीताराम विकको दोस्रो अप्रेसन पनि सफल भएको छ ।
पेट फुटेपछि समस्यामा परेका विकको आर्थिक अवस्था विकराल बनेको समाचार यसअघि ‘हाम्रो कोशी आवाज डटकम’ मा प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि विभिन्न व्यक्तिहरुको सहयोगले उनको अप्रेसन भएको उनले जानकारी दिए ।
अपरेसनपछि पेटबाट आन्द्रा निस्किएका उनको अप्रेसन गरेको पेट पुनः फुटेको थियो । सात महिनाअघि जोडले पेट दुखेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका उनको अप्रेसन भएको थियो । अप्रेसनपछि खोकी चल्दा उनको पेट पुनः फुटेको थियो ।
आर्थिक समस्याले रोग पालेर बस्दै आएका विकको विभिन्न दाताले सहयोग गरेका थिए । अपरेसन गरेको तर टाँका चुटिएर आन्द्रा बाहिर निस्की उपचार हुन नसकेका उनले आर्थिक सहयोगका लागि आह्वान गरेका थिए ।
जनता समाजवादीका केन्द्रीय सदस्य दलमर्दन कामीको पहलमा काठमाडौंबाट सहयोगी हात सस्थाको तर्फबाट संस्थाका ललित सेन र अभिषेक गुरुङ १० हजार रुपैयाँ र केन्द्र लिम्बू, करुणा सुब्बा, मनोज विश्वकर्माले ४० हजार सहयोग गरेका छन् ।
धरान–९ पुतलीलाइनस्थित सुकुम्बासी वस्तीमा बस्दै आएका उनको उपचारका लागि सफेद चरण संस्था पनि लागिपरेको थियो । संस्थाका उपाध्यक्ष डेविड सुब्बाले उनको उपचारका लागि सहयोगी मनबाट झन्डै तीन लाख रूपैयाँ सहयोग आएको बताए । ‘उहाँलाई सबै मिलेर बचायौंं, यही नै ठूलो कुरा हो’, उनी भन्छन्, ‘सबै दातालाई धन्यवाद व्यक्त गर्दछु ।’ विकले पनि आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताउँदै दाताकै कारण बाँच्न सफल भएको बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप