‘सागर बीचमा’ सार्वजनिक


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक २१

धरानः कलाकार सुमन कार्की फिचर्ड ‘सागर बीचमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा स्वर गायिका सोनाम गुरुङको रहेको छ भने गीतलाई वरिष्ठ संगीतकार सुशील विश्वकर्माले संगीतबद्ध गरेका हुन् । गीतमा कुमार भण्डारीको शब्द रहेको छ । फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।
अमेरिकामा छायाङ्कन गरिएको म्युजिक भिडियोमा भीमा सन्यासी र सुमन कार्की फिचर्ड छन् । रोशन सुन्दासले यस भिडियोलाई छायांकन र सम्पादन गरेका हुन् । नरमान राईको कन्सेप्ट, कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो ।
यस गीतको गीतको म्युजिक भिडियोलाई सुनेर हेरेर प्रतिक्रिया दिनहुन निर्माण टिमले सम्पूर्ण दर्शक स्रोतालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप