धराने माहौलमा हुर्किएका ज्ञान सुब्बाको ‘ओ व्यस्त जीवन’ सार्वजनिक (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक १८

धरानः आधुनिक गीतहरु गाउन मन पराउने गायक ज्ञान सुब्बा विगत ५ वर्षदेखि लगातार आफ्ना गीतहरु नेपाली सांगीतिक आकाशमा निरन्तर पस्किरहेका छन् ।
हुनत् अढाई दशकअघिदेखि नै धरानको सांगीतिक माहोलमा हुर्किएर संगीतको सारेगमापामा निखारिएका गायक ज्ञान सुब्बाले त्यो समयमा पनि एउटा एल्वम बजारमा ल्याएका थिए । तर आफूलाई चित्त नबुझेपछि दर्शक–स्रोताहरुलाई समेत सुनाउन हिच्किचाउने गायक ज्ञान सुब्बा करिब दुई दशक सांगीतिक अभ्यासमा भनौ या त संगीतमा भविष्य नदेखेर हो आफूलाई आफ्नै संसारमा भुलाएर एक्कासी देखापरेका थिए ‘तिम्रो प्रतीक्षा’ एल्वमका साथ आफ्नो खारिएको आवाजका साथ ।
‘हिउँदोको घाम जस्तै’ बोलको सो एल्वमको गीतले राम्रै चर्चा बटुल्यो । पल शाह र अलिशा राईको जोडी पनि सोही गीतमार्फत स्टारका रुपमा उदाए । अहिले आएर उनले नयाँ गीत म्युजिक भिडियो सहित आफ्नै युट्युब च्यानल ‘ज्ञान सुब्बा’ मार्फत सार्वजनिक गरेका छन् ।
‘ओ ब्यस्त जीवन एकैछिन पर्खि’ बोल रहेको गीत रविन बान्तवा खावोहाङ राईको शब्द–संगीतमा उनले आफ्नो मधुर आवाजले गीतमा पूराका पूरा न्याय गरेर गाएका छन् ।
कर्मथलोको रुपमा हङकङमा बसोबास गर्ने गायक ज्ञान र गीतकार रसंगीतकार रबिन वान्तवा खावोहङ राईको आफ्नै ब्यस्त जीवनलाई गीत– संगीतमार्फत् उजागर गरेको अनुभव यसका प्रत्येक शब्दहरुले बताउँछ । म्युजिक भिडियो निर्देशक सोनाम पाख्रिनले सुन्दर गीतलाई निक्कै आकर्षक रुपमा भिडियोमा उतारेका छन् । नायिका छुल्ठिम गुरुङ, बालकलाकार सरगम राई र निर्देशक पाख्रिन स्वयंको अभिनय दमदार छ । गीतसँगै भिडियोले पनि सबैको मन छुनेछ ।
समग्रमा सम्पूर्ण रुपमा एउटा आफ्नै कथा हेरिरहेकोर सुनिरहेको पाउनुहुनेछ अधिकांश दर्शक–श्रोताहरुले । भावना रेकर्डिङ स्टुडियो धरानमा रेकर्ड गरिएको तथा गोपाल रसाइलीको संगीत संयोजन र मिन विष्टको मिक्सिङ तथा बुद्ध थापाको छायांकन, सुशील न्यौपानेको सम्पादन सो भिडियोमा रहेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप