धरानमा बिनातामझाम भित्रयाइयो फूलपाति

इतिहासमै पहिलोपटक सर्वसाधारणले बाहिरबाटै पूजा, मन्दिरभित्र बलि दिन रोक (१० तस्वीर)


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक ७

धरानः कोरोना महामारीकाबीच पनि धरानमा फूलपाति भित्रयाइएको छ । धरान-१४ विजयपुरमा रहेको दन्तकाली मन्दिरमा फूलपाति भित्रयाएसँगै अब सर्वसाधारणको घर–घरमा दशैं भित्रिएको आभाष भएको छ ।
विगत वर्षहरुमा हर्षोल्लास र तामझामका साथ भित्रयाइने गरिएको फूलपाति यस वर्ष भने कोरोना महामारीका कारण दन्तकालीका पूजारीले मात्र फूलपाति भित्रयाइएको हो ।
विगत वर्षहरुमा धरान–१४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरबाट सेनाको मार्चपाससहित ब्याण्डबाजाकोे टोलीले दन्तकाली मन्दिरका पूजारी, सर्वसाधारणको उल्लेख्य उपस्थितिमा ९ पत्र अर्थात् नौवटा जडिबटी मिश्रित फूलपाति दन्तकालीमा भित्र्याइने गरेपनि यस वर्ष भने औपचारिकतामा सीमित गरिएको मन्दिरका प्रमुख पुजारी विश्वप्रकाश शर्माले बताए ।
विगतका वर्षहरुमा नेपाली सेना, सशस्त्र प्रहरीको बेण्डबाजासहित सर्वसाधारणको उल्लेख्य उपस्थितिमा फूलपाति भित्रयाइए पनि यस वर्ष भने फूलपाति भित्रयाउँदा न्यून संख्यामा उपस्थित रहेका सर्वसाधारणलाई दन्तकाली मन्दिर परिसरभित्र प्रवेशमा रोक लगाएका कारण गेट बाहिरबाट नै पूजाआजा गर्न दिइएको थियो ।
फूलपाति भित्रयाउन सरिक धरान–१४ का समाजसेवी एवम् शिक्षाविद् प्राध्यापक डाक्टर राजेन्द्र शर्माल विगत वर्षहरुमा जस्तोसुकै परिस्थितिमा पनि तामझामका साथ सप्तमीमा दन्तकाली मन्दिरमा फूलपाति भित्रयाउने गरिएपनि यस्तो अवस्था भने इतिहासमै पहिलो भएको बताए ।
उनले २०४५ साल भदौ ५ गते गएको भूकम्पले दन्तकाली मन्दिर भत्काउदा समेत त्यो सालको दशैं दन्तकाली मन्दिरमा भव्यतासाथ मनाइएको स्मरण गर्दै अहिलेको भयावह अवस्था विगतमा कहिल्यै नभएको बताए ।
उहाले नौ पत्र अर्थात् अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार (बेसार), जयन्ति, कोलालाई विधिवत पूजा अजना गरी दन्तकालीमा भित्रयाएको बताए । फूलपाति भित्रयाएसँगै दन्तकालीमा सर्वसाधारणले बोका बली दिने प्रचलन भएपनि कोरोनाका कारण मन्दिर नै बन्द गरिएको अवस्थामा यसपटक भने मन्दिरभित्र बली दिन रोक लगाइएको पुजारी शर्माले बताए ।
यसवर्ष कोरोना भाइरका कारण नेपालीहरुको मौलिक पर्वलाई समेत प्रभावित भएकोले यस पटकको दशैं घरघरमा बसेर सुरक्षितसँग मनाउन समेत सबैलाई मन्दिरका पूजारीहरुले आग्रह गरेका छन् । दन्तकाली देशभरको शक्तिपीठमध्येको एक हो ।
तस्वीरहरूः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप