धरानमा लागूऔषधसहित समातिए युवा

प्रहरीलाई ठक्कर दिएर घाइते बनाइ भाग्दा समातिएको मोटरसाइकलमा लागूऔषध भेटियो


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक ७

धरानः धरानमा लागूऔषधसहित कोशी गाउँपालिकाका युवा समातिएका छन् ।
प्रहरीलाई ठक्कर दिई भाग्ने खोज्दा उनलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । धरान–१७ स्थित धरान चतरा सडक खण्डमा रहेको सर्दु खोलाको पुलमा सवारी चेकचाँज गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु.६० प २३४२ नम्बरको पल्सर मोटरसाइकले चेकजाँचमा खटिएका प्रहरी जवान कृष्णकुमार तामाङलाई ठक्कर दिएर घाइते बनाइ एक युवा भाग्न खोज्दा सो मोटरसाइकलमा अनियन्त्रित भई लडेको थियो ।
मोटरसाइकलमा सवार रहेका जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नं. ६ श्रीपुरजब्दी बस्ने वर्ष १९ को देवरामकुमार यादवलाई नियन्त्रणमा लिई मोटरसाइकल समेतमा खानतलासी गर्दा मोटरसाइकलको लेगार्डमा झुण्डयाएको प्लाष्टिकभित्र लागूऔषध डाइलेक्स डिसी १९ बोतल, स्पास्मो प्रोक्जोभिन प्लस १४४० क्याप्सुल र नगद १३ सय रूपैयाँ समेत फेला परेकोले निजलाई पक्राउ गरी हाल अनुसन्धान कार्य जारी रहेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप