‘भर्जुअल गेमिङ’ सम्पन्न


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक ५

धरानः इण्टरयाक्ट क्लब अफ विष्णु मेमोरियल, इण्टरयाक्ट क्लब अफ मुम्बई वेस्टर्न इलिट, इण्टरयाक्ट क्लब अफ क्यारे कलेज र इण्टरयाक्ट क्लब अफ ढाका उरबानाद्वारा आयोजना गरिएको पहिलो सारक भर्चुअल गेमिङ ‘एसम्बल २.०’ सम्पन्न भएको छ ।
कार्यक्रमको तयारी सेप्टेम्बरदेखि सुरूवात गरिएको थियो र समाप्त अक्टोबर ११ तारिकका दिन भएको क्लबका अध्यक्ष लक्की अग्रवालले जानकारी दिए ।
खेलमा नेपाल, इन्डिया, श्रीलङ्का र बङ्लादेशका खेलाडीहरुले भाग लिएका थिए । खेलमा ५०० भन्दा बढी खेलाडीहरुले भाग लिएका थिए । कार्यक्रममा कल अफ डिउटी मोबाइल, भेलोरेन्ट, पब्जी र कल अफ डिउटी वारजोन खेल खेलाइएको थियो ।
कल अफ डिउटी मोबाइलको सोलो विजेता नेपालको चितयाना आनन्द भने टोली नेपालबाटै भेनम थिए । त्यसैगरी भेलोरेन्टका विजेता श्रीलंङ्काको ‘गन्सिङ्लर्स’ थिए । पब्जीको सोलो विजेता श्रीलंङ्काको एम.पि.एम मिङ्झाक अलि र टोली विजेता श्रीलंङ्काका वाङ म्यान आर्र्मी थिए । अन्तिममा कल अफ डिउटी वारजोनका सोलो विजेता श्रीलंङ्काका हिरण पेरेरा र टोली विजेता इन्डियाको सात घेरबन्दी थिए । विजेतालाई नगद पुरस्कार प्रदान दिइएको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप