धरान-१५ का संक्रमित पुरुषको मृत्यु, झापाका पुरुषको पनि शुक्रबार नै मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक १

धरानः धरानमा दुईजना संक्रमितका मृत्यु् भएको छ ।
धरान–१५ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । गत २८ गते उनमा कोरोना पुष्टि भएको थियो । गत २९ गते अस्पताल भर्ना भएका उनको शुक्रबार ७ः१५ बजे मृत्यु भएको हो । उनमा विभिन्न दीर्घरोगसम्बन्धी समस्या पनि रहेको थियो ।
यस्तै, झापा शिवगडी–११ का ५६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । गत २९ गते कोरोना पुष्टि भएका उनको २९ गते नै अस्पताल भर्ना भएका थिए । उनको शुक्रबार ७ः४५ बजे मृत्यु भएको हो । उनमा पनि दीर्घरोग थियो ।
शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप