सुनसरीमा देउसी-भैलो खेल्न रोक


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक १

धरानः सुनसरीमा प्रशासनले दशैं र तिहारमा हुने भीडभाडले बढ्न सक्ने कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको छ ।
प्रशासनले देउसीरभैलो खेल्न, मेला जात्रा सञ्चालन गर्न, राजनीतिक दलहरूको कार्यक्रम संचालन गर्न, शुभकामना आदान प्रदान गर्न र उद्घाटन तथा शिलान्यास कार्य गर्न निषेध गरिएको छ ।
यस्तै, शक्तिपीठ, मन्दिर तथा सामूहिक पूजाआजा गर्न मंसिर ६ गतेसम्मको लागि निषेध गरिएको छ । शुक्रबार प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै नित्यपूजाबाहेक भेला जम्मा हुन, धार्मिक क्रियाकलापमा सहभागी हुन र अन्य केही कार्यहरू गर्न निषेध गरेको हो ।
कार्यालयले शनिबारदेखि मंसिर ६ गते सम्मको लागि केही कार्य गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो । मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बामा भेलारजम्मा हुन, भक्ति संगीत लगायतका कार्यहरू गर्न, भजनरकिर्तनरअनुष्ठान गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको हो । बिहीबारमात्रै गृह मन्त्रालयले ७७ वटै जिल्लामा मन्दिर तथा शक्तिपीठहरूमा नित्यपुजा बाहेकका कार्यहरू गर्न नदिन निर्देशन दिएको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप