एक लाख धनराशीको उत्कृष्ट प्रहरी पुरस्कार खत्रीलाई


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक १

विराटनगरः यस वर्षको एक लाख धनराशीको ‘सातौं साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’ प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ ।
प्रदेशभरिबाट उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई इलाका प्रहरी कार्यालय वसन्तपुरमा कार्यरत प्रहरी जवान खत्रीलाई ६५ औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल विराटनगरले पुरस्कृत गरेको हो ।
२०७६ सालमा तत्कालीन इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत रहँदा प्रहरी जवान खत्रीले विभागीय मुल्य–मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही जवरजस्ती करणी जस्तो जघन्य अपराधको घटना घटाई फरार रहेका अभियुक्तलाई कानुनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनीय कार्य गरेकोले कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले १ लाख धनराशीको साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कारले खत्रीलाई पुरस्कृत गरेको हो ।
वर्षभरिमा उत्कृष्ठ ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवशको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौताअनुरुप प्रहरी जवान खत्रीलाई साधनादेवी उत्कृष्ट प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले १ लाखको चेक तथा प्रशंसापत्र समेत प्रदान गरे ।
प्रहरी जवान तथा अधिकृतहरुको मनोबल उच्च राख्न यस साधनादेवी पराक्रम पुरस्कारले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै आफ्नी स्व. माता साधनादेवी श्रेष्ठको नाममा वार्षिक रुपमा यसरी प्रदान गर्ने यो पुरस्कारका कोषका संस्थापक प्राध्यापक डा. विक्रमप्रसादलाई प्रहरी नायब महानिरीक्षक ईश्वर बाबु कार्कीले हार्दिक धन्यवाद दिएका थिए ।
पुरस्कृत हुने प्रहरी जवान खत्रीले आफूबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफुलाई छनौट गरिएबाट संगठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएकी छिन ।
स्वर्गिय माताको सम्झनामा प्रहरीको मनोबल बढाउने उदेश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा.बिक्रम श्रेष्ठले आफु लगायत आफ्नो परिवार खुसी भएको बताउनु भएको छ । साथै प्रहरी दिवशको अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका सँस्थापक प्रा.डा. विक्रमप्रसादलार्ई प्रमुख अतिथी मुख्य मन्त्री शेरधन राईले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप