ओखलढुंगामा २२ बाँदर डुबेर मरे


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज ३०

ओखलढुंगाः ओखलढुंगामा पोखरीमा डुबेर २२ बाँदर मरेका छन् ।
बिहीबार दिउँसो करिब १२ बने सिद्धिचरण नगरपालिका–५मा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर बाँदरहरू मरेका हुन् ।
पानी पिउन पसेका बाँदर निस्किन नस्कदा मरेको वन डिभिजन कार्यालय ओखलढुंगाका सहायक वन अधिकृत कृष्णवेद यादवले बताए । पोखरीमा ३४ वटा बाँदर डुबेका थिए । १२ वटा बाँदरको स्थानीयले उद्धार गरेका छन् ।
‘बाँदरहरू पानी खान त्यहाँ गएको देखियो । अरू बेला पनि जान्थे तर हिजो पानी कम थियो,’ यादवले भने, ‘पानी कम भएपछि उनीहरू निस्किन सकेनन् । त्यही डुबेर मरे ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप