नोबेलले गाउँ पुगेर निःशुल्क स्वाब लिने


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज २६

विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना परीक्षणका लागि गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ । अस्पतालमा आउनेहरुको मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँँ–गाउँमा पुगेर पनि स्वाब लिने व्यवस्था मिलाएको हो ।
अस्पतालमा धेरै मान्छे भेला भएर स्वाब दिँदा संक्रमण फैलने सम्भावना बढी भएकाले आवश्यकताअनुसार ठाउँ–ठाउँमा पुगेर स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए ।
पालिका तथा वडाका जनप्रतिनिधिहरुले घुम्ती स्वाब संकलनका लागि आग्रह गरेकाले पनि यस्तो सुविधा उपलब्ध गराइएको डा.नेपाल जानकारी दिए । अस्पतालले घुम्ती स्वाब संकलनको समन्वय र व्यवस्थापनका लागि अस्पताल प्रबन्धक नारायण दाहाललाई जिम्मेवारी तोकेको छ । गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्दा अतिरिक्त शुल्क नलाग्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप