श्रीमतीमाथि खुकुरी प्रहार गरी हत्या


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज २६

बिर्तामोडः झापा कमल गाँउपालिका–२ त्रिवेणी चौक बस्ने ३४ वर्षीय रामजी थापा आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।
आइतबार साँझ पौने ६ बजे थापाले २४ वर्षीया आफ्नै श्रीमती रिता थापाको हत्या गरेका हुन् । घरायसी विषयमा वादविवाद हुँदा एक्कासी थापाले आफ्नै श्रीमती रितालाई धारिलो हतियार खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । श्रीमतीको हत्या गर्ने थापालाई तत्काल पक्राउ गरी कर्तब्य ज्यानअन्तर्गत मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप