होम आइसोलेसनमा बसेका धरान-१५ का संक्रमित वृद्धको मृत्यु, नोबेलमा बराहक्षेत्रका ३७ वर्षीय पुरुषको मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज २६

धरानः धरानमा होम आइसोलेसनमा बसेका एक वृद्धको मृत्यु भएको छ ।
धरान–१५ स्थित घरमा बसेका एक ७० वर्षीय वृद्धको सोमबार बिहान मृत्यु भएको वडाध्यक्ष नरेश इवारमले जानकारी दिए । साताअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
यस्तै, विराटनगरको नोवेल अस्पतालमा बराहक्षेत्र नगरपालिकाका ३७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार बराहक्षेत्र–५ का पुरुषको शनिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो । विगत केही वर्षदेखि दुवै मृगौलाको नियमित डाइलासिस गराउँदै आएका पुरुषलाई धरानबाट थप उपचारका लागि आइतबार राति १२ बजे नोबेलको कोभिड आइसोलेसनमा भर्ना गरि उपचार हुँदै आएको उनले बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप