धरानमा थप ८२ जनामा संक्रमण पुष्टि


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज २६

धरानः धरानमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले ८२ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । ‘हामीले दिएको डाटामा सरसर्ती हेर्दा चारजनाको नामचाहिँ दोहोरिएको देखिएको छ’, उनले भने, ‘उनीहरू कोरोना पोजेटिभ भएर पुनः परीक्षण गराउनेहरू हुन्, उनीहरूले १४ दिन होम क्वारेन्टाइनमा बसेर परीक्षण गराएका थिए ।’ उनीहरू अनुसन्धानका कर्मचारी रहेको उनले जानकारी दिए ।
धरानका एक सञ्चारकर्मी, मेयरका सहयोगीलगायत गरेर ८२ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्क र धरान उपमहानगरपालिकामार्फत स्वाब संकलन गरिएकामध्ये ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको तर चारजना पुनः परीक्षण गराएकाहरू हुन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप