धरानको बीपीमा कोभिड अस्पतालको भेन्टिलेटर बिग्रियो

मर्मत गरी सञ्चालनमा ल्याउन नेकपा धरानको दबाव


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज २५

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका भेन्टिलेटर पनि बिग्रिएर काम नलाग्ने भएका छन् ।
करिब ६ वटा भेन्टिलेटर बिग्रिएपछि अहिले उपचारमा समस्या छ । कोरोना महामारीका कारण देशैभरि सघन उपचार कक्ष (आइसीयू) तथा भेन्टिलेटरसहितका शैथ्याहरूको कमी भरहेको खबरहरू आइरहेको बेला प्रतिष्ठानमा पनि त्यस्ता सेवामा समस्या उत्पन्न हुँदै गएको छ । नेकपा धरानको टोलीले बिग्रिएर काम नलाग्ने भएका मेसिन तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन भन्दै दबाव दिएको छ ।
तत्काल सुधार नेकपा धरान नगर कमिटीले अस्पताल प्रशासनलाई दबाव दिएको हो । आइतबार नेकपाका धरान नगर इञ्चार्ज चोत्लङसहितका नेताहरूले प्रतिष्ठान अस्पताल निर्देशका डा. गौरी शंकर शाहलाई भेटी तत्काल मर्मत थाल्न भनिएको हो ।
बीपी प्रतिष्ठानमा रहेका कोभिड अस्पतालमा ६ वटा भेन्टीलेटर तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने माग उनीहरूको छ । उनीहरूले अस्पतालमा रहेको १ सय वटा बेडमध्ये २५ वटा बेडमा मात्र अक्सिजनसहित जडान भएकोमा आइसोलेसनका सम्पूर्ण बेडमा भेन्टीलेटर जडान गर्न, कोभिड अस्पतालमै सिटिस्क्यानलगायतको ब्यवस्था गर्नुपर्ने र कोभिडका बिरामीहरुको खानपान तथा हेरचाहमा लापरवार्ही भएकोेले यी र यस्ता विषय तुरुन्त सुधार हुनुपर्ने, ओपिडीका कारण अत्याधिक भीडभाड भई संक्रमणको जोखिम बढेकोले अनलाइन टिकट सिस्टमको ब्यवस्था गर्नुपर्ने लगायतका माग राखिएको इन्चार्ज चोत्लुङले जानकारी दिए ।
प्रतिष्ठानका डाइरेक्टर डा. गौरीशंकर शाह, अस्पताल सहायक निर्देशक प्रमोद बराल तथा नेकपाका तर्फबाट नेकपाका धरान नगर इन्चार्ज चोत्लङु, नगर सचिव सुर्दशन श्रेष्ठ, धरान–३ का सचिव मिङमा भोटे, कार्यालय सदस्य मनोज भट्टराई, सचिवालय सदस्य हिमाल लिम्बु, उद्धव लिम्बु लगायतको उपस्थिति रहेको थियो ।
छलफलमा धरानको कोभिड अस्पतालमा भेन्टीलेटर नभएर बिरामीको मृत्यु समेत भएको, बिरामीहरुले अक्सिजन सहितको बेड नपाएको तथा कोभिड अस्पतालमा बिरामीहरुको हेरचाह र खानपानको ब्यस्थापनमा समस्या देखिएपछि सो पार्टीले चासो लिएको इन्चार्ज चोत्लुङले बताए । छलफलको क्रममा प्रतिष्ठानका डाइरेक्टर डा.गौरी शंकर शाहले कोभिड अस्पतालको भेन्टीलेटर तत्काल मर्मत गर्ने सबै बेडहरुमा अक्सिजन जडान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप