हाम्रो कोशी आवाजमा किशोरीले गरे ‘टेक ओभर’


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज २३

धरानः धरान र बराहक्षेत्रका किशोरीले ‘विश्व किशोरी दिवस’को अवसरमा ‘गल्स टेक ओभर’ अनलाइन कार्यक्रम आयोजना गरेका छन् । हाम्रो कोशी आवाज डटकम र प्लान इन्टरनेशनल नेपालले आयोजना गरेको कार्यक्रममा दुईजना किशोरीले ‘डिजिटल अनलाइन टेक ओभर’ गरेका हुन् ।
धरानस्थित हाम्रो कोशी आवाजको मुख्य कार्यालयमा धरान–१७ की अप्सरा खत्री, बराहक्षेत्र–६ की मनिषा रसाइलीले टेक ओभर गरेका हुन् । सो अवसरमा किशोरीको हक, अधिकार र समानताका विषयहरूमा बहस भएको थियो ।
कार्यक्रममा किशोरीका साझा समस्या र चुनौतिहरूको पहिचान गरी किशोरी भएकै कारणले विभिन्न अवसरहरुबाट वन्चित हुनुपर्ने अवस्थाबाट हरेक किशोरीले विभिन्न क्षेत्रमा दक्षता हासिलब गरेर आफ्नो जीवनलाई सार्थक बनाउन सकिनेमा जोड दिएका छन् ।
क्यारियरकै क्रममा आफूलाई किशोरी हुनुमा केही विभेद नगरेको अनुभव सुनाउँदै किशोरी अप्सराले समाजमा अझै किशोरीहरु हिँडडुल गर्न, फिल्डमा जान, ढिला घर आउन सुरक्षाको दृष्टिकोणले गाह्रो हुने र सामाजिक दबाव पनि खेप्दै आउनु परेकाले किशोरीका अधिकार अझै सीमित रहेको बताउनुभयो ।
हत्या, हिंसा, बलात्कार जस्ता किशोरीमाथि हुने दुव्यवहारहरुलाई निरुत्साहित गर्दै समाजमा किशोरीले पनि केही गर्न सक्छ, किशोरीले पनि आफ्नो खुट्टामा उभिएर परिवार पाल्न सक्छ भने उदाहरणको रुपमा किशोरीले आफूलाई सबल बनाउन सकिनेमा पनि सहभागी किशोरीहरुले बहस गरेका थिए भने सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याउन सक्ने खतरा र सुरक्षित प्रयोगबाट किशोरीको सफलता र सचेतना अभिवृद्धि हुन सक्नेमा पनि छलफल गरेका थिए ।
प्लान इन्टरनेशनलकी स्पोन्सरसीप कोअर्डिनेटर अन्जु शाक्यले सुनसरीलगायत जुम्ला, कालिकोट, सिन्धुली, मकवानपुर, बाँके, बर्दियालगायतका जिल्लामा पनि यस्तो कार्यक्रम चलिरहेको उहाँले बताउनुभयो । कार्यक्रममा युथ क्रियशन फुलनेसअफ लाइफकी कल्पना कार्कीले यस्ता कार्यक्रमले किशोरीलाई अगाडि बढ्नका लागि सहयोग पुग्ने बताउनुभयो । देशभरका २४ जना बालिकाहरूले यस्तो कार्यक्रममा सहभागिता जनाउँदै आएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा टेकओभर गर्ने अप्सरा खत्रीले ‘किशोरकिशोरीमाथि कोरोनाको प्रभाव’, ‘धरानलाई बालमैत्री बनाऔं’ शीर्षकमा लेख तयार गरी अनलाइनमा सम्पादनको भुमिका निर्वाह गर्नुभएको थियो । यस्तै, मनिषा रसाइलीले पनि ‘मिडियामा किशोरी र महिलाको पहुँच’ शीर्षकमा सम्पादकको भुमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा कार्यकारी सम्पादक तिर्थ कार्कीले किशोरी तथा महिलाको हक अधिकारका विषयमा सानो उमेरमा विषय उठान गर्नु ठुलो उपलब्धि भएको बताउनुभयो । कार्यक्रममा प्रकाशक/सम्पादक शेखरनाथ जोगीले समाचार र लेखबारे प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा प्रबन्ध निर्देशक डम्बरकुमार तुम्वापोलगायतको पनि उपस्थिति थियो ।
विश्व बालिका दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको पहलमा हरेक वर्ष संसारभर अक्टोबर ११ तारिखका दिन सो दिवस मनाउने गरिछ । यसै अवसरमा प्लान इन्टरनेसनलले पनि वर्षेनी विभिन्न कार्यक्रमहरू गर्दै अइरहेको छ । युवतीहरुलाई डिजिटल सीप र अनलाइन सञ्चार माध्यममा पहुँच होस् भन्ने उद्देश्यका साथ यस वर्ष नेपालमा डिजिटल टेकओभर गर्नेछ ।
(अप्सरा र मनिषाले यस अनलाइनमा एक्टिङ इडिटरको जिम्मेवारी निर्वाह गर्दै प्रकाशित समाचार)

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप