धरानमा इटहरीका संक्रमितको मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज २३

धरानः धरानमा अर्का संक्रमितको मृत्यु भएको छ ।
इटहरी–६ का ६८ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना पुष्टि भएपछि बीपी प्रतिष्ठानबाटै कोभिड अस्पतालमा रिफर गरिएका उनको उपचारका क्रममा मृत्यु भएको हो । उनमा अन्य दीर्घरोग केही पनि नभएको चिकित्सकले जनाएका छन् । २३ गते १२ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनमा गत २० गते कोरोना पुष्टि भएको थियो । उनी २२ गते अस्पताल भर्नाका भएका थिए ।
शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप