धरानमा ४८ संक्रमित थपिए

२ वर्षीय नाबालकदेखि ८० वर्षसम्मका व्यक्तिमा संक्रमण


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज २३

धरानः धरानमा शुक्रबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धरानमा कोरोना संक्रमितको संख्या ९ सय ३४ पुगेको छ ।
२ वर्षका नाबालकदेखि ८० वर्षका ज्येष्ठ नागरिकसम्ममा संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिए ।
धरान–१ मा १ जना पुरुष, धरान–२ मा १ महिला २ पुरुष, धरान–७ मा १ पुरुष, धरान–९ मा १ पुरुष, धरान–११ मा २ पुरुष, धरान–१३ मा १ पुरुष, धरान–१५ मा ३ महिला १ पुरुषमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
यस्तै, धरान–१६ का १ महिला १ पुरुष, धरान–१७ का १ पुरुष, धरान–१८ का १६ महिला १० पुरुष, धरान–१९ का १ पुरुष र धरान–२० का १ पुरुषमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । धरान–१८ ठेगाना लेखिएका २६ जना अधिकांश बीपी प्रतिष्ठानमा कार्यरत् रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप