कोरोना कहर

ट्रम्प शक्तिशाली कि कोरोना ?


  • निनाम कुलुङ ‘मंगले’
  • २०७७ असोज २०

हुन त वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुताका कोरोना फैलिँदै गर्दा भाइरल रोग विज्ञहरुले ‘कोरोनाभाइरस’ बाट ‘फेस मास्क’ लगाउन अनुरोध गर्दा ‘कोरोना भाइरस’लाई यो केही पनि होइन, केही दिनमै आपैm हराउँछ भन्थे । ‘कोरोना भाइरस’लाई इङ्गीत गरेर प्रश्न गर्ने पत्रकारहरुलाई उनले हप्काउन समेत पछि पर्दैन थिए । तर, ‘कोरोना भाइरस’ ले अमेरिकाका कतिपय राज्यमा आफ्नो साम्राज्य चलाउन थालेपछि ती राज्यका केही गभर्नरहरुले बेला छँदै ‘कोरोना भाइरस’ विरुद्घ प्रभावकारी ढंगले काम गर्न खोज्दा (खास गरी न्यूयोर्कका गभर्नर एन्ड कुमोले) ट्रम्पले रोक्न खोजे, कतिपय अवस्थामा त अवरोध नै सिर्जना गरे । हुन पनि ट्रम्पले ‘कोरोना भाइरस’ लाई इङ्गीत गर्दै यो केही पनि होइन, अरु वेलाको जस्तै सामान्य रुघाखोकी हो, मार्च अन्तिम वा अप्रिल सुरुतिर (गर्मी लागेसँगै) आफै ठीक हुने र, ‘इष्टर’ समेत मनाउन सकिने बताएका थिए । साथै उनले ‘कोरोना भाइरस’ लाई घरीघरी ‘चाइनीज भाइरस’ भन्दै ‘गिज्याउँने, खिसीटिउरी’ पनि गर्ने गर्थे ।
त्यसो त ट्रम्प मात्रै होइन, दक्षिण अमेरिकी महादेशको ब्राजिलका ब्राजिलका राष्ट्रपति जायेर जायर बोल्सोनारो पनि ‘कोरोना भाइरस’ लाई केही होइन भन्ने, ‘गिज्याउने, खिसीटिउरी’ गर्ने गर्थे । भलै बोल्सोनारोले भने, ‘कोरोनाभाइरस’ लाई ‘चाइनीज भाइरस’ भन्दै ‘गिज्याउने, खिसीटिउरी’ गर्ने गरेनन् । तर, ब्राजिलका राष्ट्रपति जायेर, जायर बोल्सोनारोलाई भने गत जुलाई महिनामै ‘कोरोना भाइरस’ले आक्रमण गरिसकेको छ । संयोगले उनी खासै सिकिस्त बिरामी नभइ निको पनि भए । यसरी हेर्दा ‘कोरोना भाइरस’ लाई हातहतियारले ठीक पार्न सकिने भए ट्रम्प महोदयले उहिल्यै ठीक पारिसक्ने थिए । तर, … त्यसैले अत्याधुनिक हातहतियारले सु–सज्जित विश्वकै एक मात्र शक्तिशाली देशको राष्ट्रपति भएर पनि ट्रम्पले ‘कोरोना भाइरस’सँग हार खानुपरेको छ ।
उनलाई गत अक्टोबर १ का दिन ‘कोरोना भाइरस पोजिटिभ’ देखियो । स्मरणीय के छ भने, वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले ‘कोरोना भाइरस’ लाई ‘चाइनीज भाइरस’ भन्दै ‘गिज्याउने, खिसीटिउरी’ गर्ने गर्थे । यसले गर्दा नेपाली भनाइ वा भनौं उखान ‘पातालको राहू, आकाशको केतु, एकपटक नपरी कसरी चेतुँ’ भन्ने उखान ट्रम्पले सम्झे होलान् । किनभने, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायत बेला छँदै दिएको सजग हुने सुझाव र चेतावनी र भाइरल रोग विज्ञहरुको कोरोना भाइरसले पर्ने असर बारेको भनाइलाई खिल्ली उडाउने र ‘कोरोना भाइरस’लाई ‘चाइनीज भाइरस’ भन्दै ‘गिज्याउने, खिसीटिउरी’ गर्ने गर्थे । तर, उनै ट्रम्पलाई पनि आखिरमा ‘कोरोना भाइरसले’ छाडेन । अझ ट्रम्प महोदयलाई मात्रै नभएर उनकी श्रीमती अर्थात् प्रथम महिला मेलानिया ट्रम्पलाई पनि ‘कोरोना भाइरस’ले छाडेन । अर्थात् मेलानिया ट्रम्पलाई पनि कोरोना भाइरस पोजिटिभ’ देखियो ।
त्यसो त हाल प्रथम महिला मेलानिया ट्रम्पलाई ‘कोरोना भाइरस पोजिटिभ’ देखिएपछि कहाँ उपचार गरिँदैछ ? केही नखुलाइए तापनि अमेरिकी राष्ट्रपति ट्रम्पलाई भने, मेरील्यान्डको बेथेस्डतस्थित वाल्टर रिड नेसनल मिलिटीरी मेडिकल सेन्टरमा थप उपचारका लागि भर्ना गरिएको समाचारहरू आएको छ । अमेरिकामा आजका मितिसम्म सन् २०२० अक्टोबर ५ मा ७६ लाख ३७ हजार चानचुन मानिसहरु संक्रमित भएका छन् भने ती मध्ये २ लाख १४ हजार ६ सय १५ जनाले ज्यान गमाएका छन् । संक्रमित भएका ७६ लाख ३७ हजार चानचुन मानिसहरु मध्ये ४८ लाख ४९ हजार ४ सय ५४ मानिसहरु निको भएर घर फर्केका छन् । स्मरणीय छ, सन् २०२० अक्टोबर ४ तारिखको तथ्यांक हेर्दा ७६ लाख चानचुन मानिसहरु कोरोनाभाइरसबाट संक्रमित भएका थिए भने, ती मध्ये २ लाख १४ हजार २ सय ७७ जनाले आप्mनो अमूल्य ज्यान गुमाएका थिए । त्यस्तै ७६ लाख चानचुन संक्रमितमध्ये ४८ लाख १८ हजार ५ सय चानचुन मानिसहरु निको भएर घर फर्केका थिए ।
स्मरणरहोस्, यसअघि विभिन्न विदेशी न्युज एजेन्सीहरुले प्रकाशित गरेको समाचारअनुसार अमेरिको न्यूयोर्कको ‘ब्रोङ्कस चिडियाखाना’ को बघिनी (पोथी बाघ) मा समेत (कोभिड–१९) को संक्रामक भाइरस देखा परेको थियो । सो समाचारमा जनाइएअनुसार ४ वर्षीया सो बघिनीले लगातार सुक्खा खोकी खोक्न थालेपछि पशु चिकित्सकहरुले सो बघिनीको स्वास्थ्य परीक्षण गरेका थिए । सो बघिनीमा (कोभिड–१९) को संक्रामक भाइरस छ कि ? भनी शंका कै भरमा जाँच गर्दा अनपेक्षितरुपमा सो बघिनीमा समेत (कोभिड–१९) को संक्रामक भाइरस देखा परेपछि सो चिडियाखानामा रहेका अन्य बाघ र सिंहको पनि नमूना परीक्षण लिइएको थियो । तर, सो बारे थप समाचार भने आएन । तापनि सो चिडियाखानालाई तत्कालै पूर्ण रुपमा बन्द गरिएको थियो । यसरी हेर्दा घटना सामान्यझैं लागे पनि (कोभिड–१९) को संक्रामक भाइरसले अमेरिकामा बाघ, बिरालो र कुकुरलाई समेत छाडेन भने, राष्ट्रपति ट्रम्पलाई भने (कोभिड–१९) को संक्रामक भाइरसले छाड्ला त ? भनी यो पंक्तिकारले त्यो बेला नै एक लेख लेखेको थियो । आखिर …
अहिले विश्वभरि पैmलिएको महामारी भाइरस (कोभिड–१९) को संक्रामक भाइरस सुरुमा चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानमा मात्रै पैmलदै गर्दा ट्रम्प महोदयले चाइनीज भाइरस भन्दै ख्याल–ठट्टाका रुपमा लिदै हाँसी–मजाक गर्दै थिए । ंजे भए तापनि यो भाइरसको संक्रमण अहिलेसम्म २१५ देशमा पैmलिएको छ भने, संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ लाई विश्वभरि पैmलिएको महामारी (प्यान्डेमिक) भनी गएको मार्च महिनाको सुरुमै घोषणा गरेको हो ।
यसरी हेर्दा चीनबाट पैmलिन सुरु भएको नोबेल कोरोनाभाइरस (कोरोनाभाइरस डिजिज–१९ कोभिड–१९) नामक संक्रामक रोगले आजका मितिसम्म विश्वका ३ करोड ५१ लाख ६२ हजार ६०० भन्दा बढीलाई आक्रमण गरेको छ भने (कोभिड–१९) कै कारण हालसम्म विश्वका विभिन्न देशका लगभग १० लाख ३८ हजार ३सय ११ मान्छेहरुले आप्mनो अमूल्य ज्यान गुमाएका छन् । त्यस्तै, २ करोड ६१ लाख ५३ हजारभन्दा बढी मान्छेहरु पूर्ण रुपमा निको भएर उपचार गराएर आ–आफ्नो घर फर्किसकेका छन् । यो तथ्यांक सन् २०२०, अक्टोबर ४ सम्मको हो ।
स्मरणीय छ, सन् २०२०, मार्च २७, ग्रिनविच मिन टाइम (जिएमटी) ०२ः०२ बजेसम्म विश्वका विभिन्न देशमा ५ लाख ३१ हजार ८ सय चानचुन मानिसहरु मात्रै बिरामी भएका थिए । सुरुमा चीनमा मात्रै ‘नोबेल कोरोनाभाइरस डिजिज–२०१९’(कोभिड–१९) रोग पैmलदा केही देशले खुच्चिङ भने झैं गरेका थिए । तर, आज तिनै देशहरुलाई नै ‘नोभेल कोरोनाभाइरस डिजिज–२०१९’ (कोभिड–१९) को संक्रामक रोगको भाइरसले बढी ग्रस्त बनाएको छ, जनधनको बढी क्षति गराएको छ । अझ अमेरिका त विषय विज्ञहरुले आँकलन गरेको भन्दा बढी मानिसहरु बिरामी भएका छन्, मरेका छन् । गएको अप्रिल मध्य–अन्त्यदेखि नै (कोभिड–१९) को संक्रामक भाइरसको महामारीले आक्रमण गरेको देशहरुमध्ये विश्वकै पहिलो अर्थात् फस्ट हुँदै आएको छ ।
तर, केही देशहरुले भने आफ्नो देशमा (कोभिड–१९) को महामारी सकेसम्म नफैलियोस् भनी आफ्नो देशमा (कोभिड–१९) को लक्षण देखापर्नेबित्तिकै भविश्वलाई दृष्टिगत गरी पहिले नै सक्दो सावधानी अपनाएका थिए । त्यसले गर्दा हालसम्म पनि ती देशहरुमा (कोभिड–१९) को संक्रामक भाइरसको महामारीले खासै सताएको छैन । अथवा तुलनात्मक रुपमा हेर्दा ती देशहरु जसले (कोभिड–१९) को संक्रामम भाइरस सकेसम्म रोक्ने प्रयास गरे ती देशमा कम असर परेको छ । यस्तो देशमा खासगरी सिंगापुर, दक्षिण कोरिया, कतार, जर्मनी, फ्रान्स, अष्ट्रिया, डेनमार्क, स्वीडेन, माल्दिभ्स, चीन, इरान, क्युबा, भुटान आदि देशहरु पर्छन् । जस्तो सिंगापुरलाई नै लिऊँ । जसले बेला छँदै (कोभिड–१९) को संक्रामक भाइरस आफ्नो देशमा व्यापक रुपमा फैललिनुभन्दा अघि नै पाइला चालिहालेकोले गर्दा विश्वकै पर्यटकीय केन्द्र, व्यापारिक केन्द्र र आर्थिक कारोबारको केन्द्र (हब) भएर पनि सिंगापुरमा (कोभिड–१९) को संक्रामक भाइरसले धेरै ठूलो रुपमा टाउको उठाउन पाएन । हुन पनि सिंगापुर, भुटान, कतार, दक्षिण कोरिया, स्वीडेन, भियतनाम, डेनमार्क आदि देशले ‘भविश्वलाई दृष्टिगत गरी सकेसम्म पहिले नै सावधानी अपनाएका थिए ।
त्यसो त सिंगापुर जस्तो विश्वकै पर्यटकीय केन्द्र, व्यापारिक केन्द्र र आर्थिक कारोबारको केन्द्र भएको देश र भुटान, कतार, दक्षिण कोरिया, स्वीडेन, भियतनाम, डेनमार्क आदि देशहरुले पनि (कोभिड–१९) प्रति हेलचेक्रयाइँ गरेको भए वा केही होइन भनेझैं गरेर बसेको भए (कोभिड–१९) का कारण बिरामी हुने र ज्यान गुमाउने देशहरुको लर्कोभित्र कम्तिमा ८ औं, ९ औं, १० औं, …, भित्र पर्न सक्थे । तर, हालसम्म पनि सिंगापुरमा (कोभिड–१९) रोगको संक्रमणका कारण २७ जनाले मात्रै ज्यान गुमाएका छन् भने, सिंगापुरमा ५७ हजार ७९७ जना कोरोना पोजिटिभ छन् ।
उता सार्क राष्ट्र भुटानमा पनि गत मार्च ६, सन् २०२० सम्ममा ‘नोबेल कोरोनाभाइरस (कोभिड–१९) को भाइरसको संक्रमण’ पहिलोपटक देखापरेको थियो । ६ मार्च, सन् २०२० मा भुटान भ्रमण गर्न आएका अमेरिकी पर्यटकमा पहिलोपटक ‘नोबेल कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण’ देखापरेको थियो । त्यसको ६–७ घण्टामै भुटान सरकारले ती अमेरिकी पर्यटक कहाँ–कहाँ गए ? कस–कसलाई भेटे ? सोधखोज गरेर ती पर्यटकसँग सम्पर्कमा आएका सबैलाई लगेर क्वारेनटाइनमा राख्यो । फलतः भुटानमा (कोभिड–१९) को भाइरसका कारण संक्रमितको
संख्या हालसम्म २८३ जना मात्रै रहेको छ भने १ जनाको मृत्यु भएको छ । हुन पनि भुटानमा गत अप्रिल महिनाको अन्त्यसम्ममा पनि (कोभिड–१९) को संक्रमणका कारण कसैको पनि मृत्यु भएको थिएन ।
थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९, [email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप