‘दशैंमा फोनबाटै आर्शिवाद लिऔं’


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज १९

धरानः सरकारले यस वर्षको दशैंको आशिर्वाद फोनबाटै लिन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गर्दै भने, ‘सकभर घरैमा बनाएको स्वास्थ्यकर खाना मात्र खाने आफ्नै घरका परिवार मात्रै बसी चाडबाड मनाउने । घरमै पूजाआजा गर्ने र फोनबाटै आशिर्वाद लिने गरौं ।’
सोमवारको नियमित प्रेस ब्रिफिङमा उनले दशैंको बेला शहरबाट गाउँ र गाउँबाट शहर नगर्न आग्रह गरे । उनले कोरोना कोशेलिका रुपमा आफ्ना आफन्तलाई नदिन आग्रह गरे । ‘आशीर्वाद लिन गाउँबाट शहर र शहरबाट गाउँ गर्दा कोरोना पनि सँगै कोसेलीको रुपमा बोकी आफू र आफ्नो र आफ्नो परिवारको जीवन जोखिममा पर्ने भएकाले यसप्रति सचेत हुन जरुरी छ,’ उनले भने ।
नेपालमा पछिल्लो समय संक्रमण उच्च दरले बढेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरिने बताएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप