प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ, तीन सल्लाहकारको पोजेटिभ


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज १७

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाबको नमुना संक्रलन गरिएको थियो ।
यस्तै, प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार गरिएको पिसिआर परीक्षणका क्रममा तीनै जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रधानमन्त्रीका सल्लाहकारहरु रिमाल, थापा र भट्टराईले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी शनिबार गराएका हुन् । उनीहरु तीनैजना होम आइसोलेसनमा रहेका र आफूसँग सम्पर्कमा आएकालाई सावधानी अपनाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप