स्कुल नलागेर बालबालिका के गर्दैछन् ? बुझौं स्क्रिनले बोधो बनाउँछ दिमाग


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज १३

धरानः मेरो छोरीले बोल्न जान्नुभन्दा अगाडि नै मेरो फोन कुन हो र उनको बाबाको फोन कुन भनेर चिन्थिन् । फोनहरु उस्तै देखिन्थे तर पनि यदि मबाहेक अरुले मेरो फोन छोएमा उनी चिच्याउँथिन् । यतिसम्म कि यदि मैले मेरो फोन मेरो नजिकको कसैलाई तस्बिर देखाउन दिएँ भने पनि उनी सहन सक्थिनन् ।
उनको बुझाइमा मेरो फोन मेरो जीवनको एक हिस्सा थियो कपडा र जुत्ता जस्तै । किनभने फोन सधैँजसो मेरो साथमा हुन्थ्यो । त्यसैले उनी मेरो फोनलाई रक्षा गर्नुपर्छ भनेर जानकार अनि स्पष्ट थिइन् ।
यसले हाम्रो दैनिकीमा एक हिस्सा ओगटेर बसेको वास्तविकतालाई दर्शाउँथ्यो। मैले मेरो फोनलाई सकेसम्म कम प्रयोग गर्ने प्रयास गरेँ । मोबाइल फोन र इन्टरनेटको उपयोगिता मलाई बाटो देखाउन, सामाजिक सञ्जालमा रहन, अनलाइन मार्फत खाना अर्डर गर्न र केही अडियो पुस्तक सुन्नका लागि अतुलनीय छ ।
मेरी छोरीको हजुरबुवा र हजुरआमा कोही पनि साथमा रहदैँनन्, त्यसैले यो हाम्रो लागि सम्पर्कमा रहने महत्वपूर्ण माध्यम हो। मैले आफ्नी आमालाई सन् २०१९ पछि लकडाउन र यात्रा प्रतिबन्धको कारणले देख्न पाएको छैन ।
हाम्रा स्क्रिन व्यापक छ, त्यसैले यो अनिवार्य छ कि हाम्रा सन्तानहरु पनि छिट्टै नै सजिलै, सहज रुपमा त्यसलाई ग्रहण गरुन्। मेरो सन्तानलाई पनि थाहा छ कि ‘एकै छिनमा– मेरो फोनमा एक ‘स्वाइप’ गर्ने बित्तिकै केही प्रकाश आउँछ, उनी यता फर्कनु पहिला नै उनलाई लाग्थ्यो कि उनी यही कारणले उठेका हुन् ।
हामीलाई थाहा छ की स्क्रिन लत हो, यसले हाम्रा बालबालिकाको दिमागलाई आकार दिन थाल्छ जुन कुरा हामी भर्खरै सिक्न थालेका छौँ । यो सबै नराम्रो हैन, तर यो राम्रोभन्दा धेरै पर छ । स्क्रिनलाई राम्ररी प्रयोग गर्ने तरिका सिक्नु र कहिले बन्द गर्ने भन्ने कुरा थाहा पाउन हामीले यसको सकारात्मक नतिजाको बारेमा बुझ्न जरुरी छ ।
बाहिरी कुराले हाम्रो बच्चाको विचारमा कसरी प्रभाव पार्छ भन्ने कुरा चिन्ताको विषय होइन । महान दार्शनिक प्लेटोलाई चिन्ता थियो कि कविता र नाटकले युवा मनलाई प्रभावित गर्न सक्छन्। टेलिभिजन घरमा जब सबैभन्दा प्रधान भयो तब यो चिन्ता शुरु भयो। अभिभावकले बालबालिकालाई धेरै कुरामा सचेत गराए ।
हामीलाई थाहा छ, पढ्नुले हामीमा संज्ञानात्मक क्षमताको विकासमा सहयोग गर्छ, हाम्रा अहिलेका बालबालिकाहरु जहाँतहिँ स्क्रिन हेरेर हुर्किरहेका छन् । चित्र पनि स्क्रिनमा बनाइरहेका छन् । एक अध्ययनले २ वर्षमुनिका बालबालिकाले यदि दिनमा ३ घण्टा स्क्रिनमा समय बिताउँछन् भने एक दशकमा त्यो समय दोब्बर हुन्छ । अर्को अध्ययनका अनुसार विद्यालय उमेरका बालबालिकामध्ये ४९ प्रतिशतले दुई घण्टा स्क्रिनमा समय बिताउछन् र १६ प्रतिशतले ४ घण्टाभन्दा बढी ।

स्क्रिनले शारीरिक क्रियाकलापमा कमी ल्याउँछ र खानाको समयमा परिवारलाई कममात्र साथ राख्छ । यो बालबालिका वा वयस्कको नै कम सुत्ने बानीसँग सम्बन्धित छ । आफ्नो कोठामा टेलिभिजन भएका बालबालिकाहरुमा दैनिक ३१ मिनेट सुताइ कमी भएको पाइएको छ ।
शैक्षिक टेलिभिजनहरु ३ देखि ५ वर्षका बालबालिकाको व्यवहार सुधार्न, पढाइ र संज्ञानात्मक क्षमता विकास गर्नको लागि सहयोगी देखिन्छन् । झलक्क हेर्दा यो असाध्यै उपयोगी देखिन्छन्, तर सबै टेलिभिजन कार्यक्रमहरु उस्तै छैनन् र सबै शैक्षिक कार्यक्रमले बालबालिकालाई फाइदामात्र हुने कार्यक्रमहरु प्रसारण गर्दैनन्। २ वर्ष मुनिका बालबालिकालाई यसले केही सहयोग गर्दैन ।
हामी मात्र केही टेलिभिजनहरुले सिक्न योग्य कार्यक्रमलाई प्रशारण गरेको देख्न सक्छौँ ।
‘यदि यो शैक्षिक कार्यक्रम हो र यो राम्ररी डिजाइन भएको छ भने बच्चाहरुको लागि यो गलत छैन । उल्टो फाइदाजनक छ,’ टेम्पल यूनिभर्सिटीकी प्रोफेसर काथे ह्रिस पासेकले भनिन्, ‘तर यदि बालबालिकाले ९० ओटा समाचार अथवा केही हिंसक कार्यक्रमहरु टेलिभिजनमा प्रसारण भएको देखे पनि यो भयानक हुन सक्छ ।’
यो मिडिया क्षेत्रमा पनि मिल्न आउने कुरा हो । अन्तरक्रियात्मक स्क्रिनको समय, आफन्तहरुसँग कुराकानी, समाचारहरु एकपछि अर्को पढिरहने र सन्तानसँग बसेर कार्यक्रम हेर्ने र अन्तरक्रियात्मक प्रकृतिको कार्यक्रममा सहभागी भएमा फाइदाजनक हुन्छ ।
समस्या के हो भने कति लामो समय बालबालिकाहरु स्क्रिनमा हेर्छन्, केका लागि हेर्छन सन् २०२० मा अभिभावकहरु नयाँ किसिमको तनावमा छन्, काम अनि घरायसी जीवनको सीमालाई अभूतपूर्व तरिकाले प्रभावित गरिरहेको छ । बालबालिका धेरैजसो समय निष्क्रिय भएर मिडियामा व्यस्त हुन्छन् र हानिकारण भनेको नै त्यही हो । बालबालिकाले भिडियो कल अथवा स्क्रिनमा हेरेर भन्दा व्यक्तिगत रुपमा भेटेर कुराकानी गर्दा नयाँ शब्द सिक्ने एक अध्ययनले देखाएको छ ।
अझ हुर्कदै गरेको शिशुको दिमागको विकास तीव्र गतिमा हुने गर्दछ । उनको अभिभावक र सुसारेसँगको कुराकानीले नै उनीहरुले सिक्ने कुराको निर्धारण गर्छ । स्क्रिन समयले हाम्रो तीन आयामी संसारलाई कसरी बुझ्छन् भन्ने विषयमा हस्तक्षेप गर्छ । १५ महिने बालकले ट्याबलेट, आइप्याडबाट नयाँ शब्द सिक्छ तर त्यसलाई आफ्नो जीवनमा कसरी लागू गर्न सकिन्छ भन्ने कुरा ज्ञान हुँदैन ।
एक अध्ययनले टेलिभिजनको प्रयोग र सिर्जनात्मक कल्पनाको विपरित सम्बन्ध भएको देखाएको छ । भर्खरैको एउटा अध्ययनअनुसार विद्यालय उमेरका बालबालिकामा स्क्रिनको प्रयोगले ‘दिमागी चित्रण क्षमता’ मा ह्रास ल्याउँछ ।
कुनै पनि ठाउँ, घटना र विश्वलाई बुझ्नको लागि हामीले हाम्रो दिमाग कसरी प्रयोग गर्छौ भन्ने विषय ‘दिमागी चित्रण क्षमता’ ले जनाउँछ । हामीलाई त्यो ठाउँमा नभए पनि उक्त ठाउँको बारेमा कल्पना गर्ने शक्ति सबै मानिसमा हुन्छ ।
३ देखि ९ वर्ष उमेरका २६६ बालबालिकामा गरिएको एक अनुसन्धानमा १० महिनामा दुईओटा प्रयोग गरिएको थियो। यसमा जम्मा दुई बालबालिकाले छिट्टै जवाफ दिए, अरु बालबालिकाहरुको गति फरक फरक थियो। उनिहरु टेलिभिजन, ट्याबलेट फोन लगायतका स्क्रिन प्रयोग गर्ने भेटिएको थियो ।
स्क्रिनले हाम्रो लागि काम गर्ने भएकोले नै यस्तो भएको हो । स्क्रिनले हामीलाई हाम्रो इन्द्रियको प्रयोग बिना नै कल्पनासँग जोडिदिन्छ। त्यसो हो भने अभिभावकले स्क्रिन दिएपछि आउन सक्ने नतिजा बुझ्न सक्छन् त ?
सकारात्मक समाचार के हो भने परिवारले बालबालिकाको कल्पनाशील दिमागलाई साथसाथै खेलेर स्क्रिनमा बिताउने समयलाई घटाउन सक्छन् । किनभने पछिल्लो समय घर बाहिर गएर खेल्ने बालबालिकाको क्रियाकलाप एकदमै कम भएको छ ।
लकडाउनको समयमा भएको एउटा अध्ययनमा विद्यालय जानुभन्दा अगाडिका उमेरका बालबालिकालाई ‘भर्चुअल’ कथा भन्ने कार्यक्रममा सहभागी गराइएको थियो। त्यो भन्दा अगाडि उनीहरुलाई शब्दमा कथा सिकाइएको थियो। दुईलाई तुलना गर्दा भिडियो कथा भन्ने तरिका प्रभावकारी रहेको पत्ता लागेको थियो। अझ योभन्दा पनि लाइभ गरिएको कार्यक्रम अझै प्रभावकारी भएको निष्कर्ष निस्किएको थियो ।
यसको अर्थ यदि स्क्रिनमा आएको दृष्य र आवाज हाम्रो लागि अति नै महत्वपूर्ण हुन्छ भन्ने हामीलाई लागेमा यो प्रभावकारी हुन्छ। यस्तै पहिल्यै रेकर्ड गरेको भिडियो भन्दा प्रत्यक्ष गरिएको भिडियो प्रभावकारी हुने हुन्छ ।
त्यसैले, हामीले बुझ्न जरुरी छ, अहिले भइरहेको शैक्षिक सेटिङले पनि हाम्रो बालबालिकाको वास्तविक संसारको कल्पना गर्ने क्षमतामा फरक किसिमले प्रभाव पारिरहेको छ । (बिबिसी)

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप