बोक्सीको आरोपमा निर्घात कुटपिट

धरानकी उपमेयर र महिलाको चासो, मलमूत्र खुवाउँदै कुटपिट गर्दा चिउँडो र गालाको हड्डी नै भाँचियोः आफन्त


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज ६

धरानः सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि भएको कुटपटिको विषयमा धरानस्थित अखिल नेपाल महिला संघले चासो देखाएको छ ।
अखिल नेपाल महिला संघका केन्द्रीय पदाधिकारीहरूले गम्भीरतका साथ चासो लिएका हुन् । धरानका उपमेयर मञ्जु भण्डारीलगायतका संघमा आवद्ध महिलाले सो विषयमा जानकारी लिएकी हुन् । अहिले ती महिलाको उपचार धरानस्थित बीपी प्रतिष्ठानमा भइरहेको छ । उनले पीडित महिलालाई न्यायमा सहयोग पुरयाउने बताइन् ।
धरानकी उपमेयर तथा संघकी सुनसरी जिल्ला सदस्य भण्डारीले अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य नेतृ अमृता सुब्बा, क्षेत्रीय सदस्य मैया तामाङ ,अखिल नेपाल महिला संघ धरान १५ की वडा अध्यक्ष सिर्जना नेपाल सुवेदी, इटहरी क्षेत्रीय सदस्यहरू, इटहरी नगर सदस्यसहितको टोलीले अस्पतालको बेडमा पुगेर फलफूल, जुसका लगायतका सामग्री पनि बाँडेका थिए ।

उपमेयर भण्डारीले गएको भदौ २८ गते सिरहाको सीमावर्ती कुर्सन्डी गाउँपालिका वडा नं ५ नवराजपुर निवासी ४५ वर्षीया मूर्तिदेवी यादवमाथि मरणासन्न हुनेगरी कुटपिट गर्नुका साथै मलमुत्र खुवाइएको र घटना के कति कारणले भएको हो, दाषी को हुन् भन्ने बारेमा नवराजपुर गाउँपालिकाका प्रमुखसँग पनि कुराकानी गर्ने बताइन् ।
सो क्रममा पीडितले गाउँकै धर्मनाथ यादव, उनका छोरा सन्तोष यादव, देवनाथ यादव र उनका छोरा पशुपति यादव, महेश यादव र ब्रहम यादवलगायतले बोक्सीको आरोप लगाउँदै कुटपिट गर्नुका साथै कुटपिटपछि मलमूत्र खुवाएर धान खेतमा फालिदिएको बताइन् ।
उता कुटपिटबाट घाइते भएकी मूर्तिदेवीको चिउँडो र गालाको हड्डी नै भाँचिएको थियो भने अवस्था गम्भीर भएपछि घटना भएकै दिन उनलाई परिवारका सदस्यले उपचारका लागि लहानकै कामना नर्सिङ होममा लगेका थिए । त्यहाँ उनको उपचार सम्भव नभएपछि अहिले बीपीमा उपचार भइरहेको छ । उनको भाँचिएको चिउँडो तथा गालाको हड्डीको शुक्रबार अपरेशन हुने बिरामीका छोरा गणेशप्रसाद यादवले जानकारी दिए । नेपालमा बोक्सीको आरोपमा कुटपिट गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप