धरानका ३४ जनासहित १६६ संक्रमित थपिए

आजै ३७ जना डिस्चार्ज, धरानबाट मात्रै २७ जना डिस्चार्ज


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज ६

धरानः बितेको २४ घण्टामा प्रदेश १ मा १ सय ६६ कोरोना संक्रमित थपिएका छन् ।
धरानका ३४ जनासहित सुनसरीमा ७६ संक्रमित थपिए । यस्तै, दुहबीमा ८ महिला १२ पुरुष, इटहरीमा ८ महिला १२ पुरुष, रामधुनीमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेहथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको बुढीगंगामा ८ महिला १५ पुरुष, विराटनगरमा ११ महिला १० पुरुष, बेलबारीमा ५ महिला ३ पुरुष, रंगेलीमा २ ,जहदामा १ पुरुष, पथरीशनिश्चरेमा १ महिला, झापाको दमकमा ७ महिला ९ पुरुष, मेचीनगरमा २ महिला १ पुरुष, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा १ पुरुष, कमलगाउँपालिका र स्थानीय तह नखुलेका १–१ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संखुवासभाको खाँदबारीमा २ र सभापोखरीमा १ पुरुष, ते¥हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ८५९ पुगेको छ । प्रदेश १ मा सोमबार ३७ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २७, उद्योग बाणिज्य संघ आईसोलेसन ताप्लेजुङबाट ३, होमआईसोलेसनबाट ५, विराट मेडिकल र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५९१ पुगेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप