‘केही गर्छु भन्ने इच्छाशक्ति छँदैछ’


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज ४

धरानः ब्यस्त रहने कलाकार साथै मोडल यतिबेला लकडाउनका कारण घरको चार कुनामा खुम्चिएर बस्न बाध्य भए । नेपाल सरकारले कोरोना संक्रमणविरुद्ध लगभग चार महिना गरेको लकडाउन र धरानमा थपिएको लकडाउनमा धरानकी सिमरन श्रेष्ठ सेल्फ क्वारेन्टाइनमा बसिन् । उनी अहिले पनि सेल्फ क्वारेन्टाइनमा दिनहरू बिताइरहेकी छिन् ।
उनीलगायत धरानका कलाकारिता र मोडलिङमा केही गर्छु भन्नेहरूका लागि अहिले लकडाउनले केही फुर्सदिलो बनाइदिएको छ । ‘अरूबेला परिवारलाई खासै समय दिन नपाएपनि अहिले परिवारलाई समय दिन पाइएको छ । लकडाउनले सबैलाई पारिवारिक मिलन गराउन भरपुर सहयोग गरयो जस्तो लाग्छ’, उनले भनिन्, ‘परिवारसँग बसेर सिक्न पाइने धेरै कुरा सिकाएको छ ।’
मिस लुमियर वल्र्डकी बिजेता धरानकी सिमरनलाई लकडाउनअघि केही म्युजिक भिडियोका लागि अफर समेत आएको थियो । ‘केहीमा अफर भएको थियो, काम गर्ने भन्दाभन्दै लकडाउन भइदियो कामै गर्न पाइएन, ‘उनले भनिन्, ‘कोरोना कहरपछि केही सहज भएछ भने गरौंला नि, अब केही सहज होला जस्तो छ, केही गर्छु भन्ने दृढ इच्छाशक्ति छँदैछ ।’
मिस पूर्वाञ्चल २०१७ की फस्ट रनरअप बनेपछि उनले आधा दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् । उनको रुचि समाजसेवा हो । उनी मिस एसएलसी २०१६ मा टप टेनमा परेपछि र मिस पूर्वाञ्चलमा फस्ट रनरअप बनेपछि म्युजिक भिडियोमा अभिनयको अफर आएको र प्रतिभा अगाडि बढ्दै गएको बताउँछिन् । सानैदेखि नृत्यमा अब्बल उनी उनी भविष्यमा सफल मोडल बन्ने लक्ष्य राखेको बताउँछिन् । ‘विशेषतः म्युजिक भिडियोमा अफर आउन थालिसकेको थियो’, उनले भनिन्, ‘तर लकडाउन भएपछि अर्थात् कोरोना कहरले लक्ष्यमा पुग्न सकिएन, कामना गर्दछु–सबैजना संक्रमणबाट मुक्त हुन सकौं, सहज भएपछि सबैले काम गरौंला नि ।’
मिस लुमियर वल्र्ड २०१९ मा नेपालको प्रतिनिधित्व गरेकी उनले उपाधि हात पारेकी थिइन् । गत वर्षको डिसेम्बर ७ तारिखमा मलेसियामा भएको फिनालेमा सहभागी उनले उपाधि जितेर फर्किएकी थिइन् । २५ राष्ट्र सहभागी हुँदै आएको यो प्रतिष्पर्धामा उनले उपाधि जितेकी थिइन् । उनले धरानकै कलेजमा बिबिए पढ्दैछिन् ।


फोटोः सविन चाम्लिङ

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप