धरान आउँदै गरेको सवारी भेडेटार छेऊ ९ किलोमिटरमा दुर्घटना


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज ३

बीपीमा उपचाररत घाइते चालक । फोटोः हा.कोशी आवाज

धरानः भेडेटारबाट धरान आउँदै गरेको एक सवारी (टिपर) दुर्घटनामा परेको छ । दुर्घटनामा चालक सख्त घाइते भएका छन् ।
धरानतर्फ आइरहेको बा४ख ९७८३ नम्बरको सवारी साधन दुर्घटना हुँदा चालक नेत्रप्रसाद भट्टराई सख्त घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले साढे ११ बजे दुर्घटना भएको र अहिले चालक भट्टराईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जानकारी दिए । भेडेटार तल ९ किलोमिटर भन्ने ठाउँमा सो दुर्घटना भएको हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप