धरानमा ३५ वर्षीय संक्रमित पुरुषको मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ ३१

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मुत्यु हुनेमा सप्तरीको खडक न.पा ३ का ३५ वर्षीय पुरुष छन् । उनको बुधबार बिहान ६ः१० बजे बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट भदौ ३० गते बीपी प्रतिष्ठानमा रिफर गरिएको थियो ।
प्रतिष्ठानमा उपचारको क्रममै बुधबार बिहान मृत्यु भएको हो । उनी प्रतिष्ठानमा भदौ ३० गते बिहान १० बजेर ४६ मिनेटमा भर्ना भएका थिए । उनलाई भदौ २८ गते कोभिड १९ पुष्टि भएको थियो । मृतकलाई मृगौलाको समस्या थियो । उनलाई विगत १ वर्षदेखि हप्ताको २ पटक डाइलाइसिस हुने गरेको थियो भने उच्च रक्तचापको पनि समस्या भएको प्रतिष्ठानले जनाएको छ । मृतक शवको व्यवस्थापन नियमानुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप