धरानमा आज एकैदिन २६ जनामा कोरोना

सेना, प्रहरी र धरान-१७ मा मृत्यु भएका वृद्धको ९ जना परिवारमा पोजेटिभ रिपोर्ट


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ ३०

धरानः धरानमा आज एकैदिन २६ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । योसँगै धरानमा कुल संख्या संक्रमित संख्या ३५७ पुगेको छ ।
इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय धरानका ६ जना प्रहरीसहित अन्यमा कोरोना पोजेटिभ देखिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।
फुस्रेस्थित आर्मी क्याम्पका सेना ७ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै, धरान–१७ का एउटै परिवारका ९ जना र उनीहरूकै छिमेकी एकजनामा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिए । उनीहरू मङ्गलबार मृत्यु भएका धरान–१७ का एक वृद्धको परिवार रहेको जनाइएको छ । उनीहरू १८ देखि ६४ वर्ष उमेर समूहका रहेको उनले जानकारी दिए ।
यस्तै, धरान–१५ को ३५ वर्षीय पुरुष, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्वरो आउने, खोकी लाग्नेलगायतको समस्या लिएर पुगेका धरान–७ का ४२ वर्षीय पुरुष, धरान–१२ का ३८ पुरुष पनि कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप