धरान-१७ का कोरोना संक्रमित पुरुषको बीपीमा मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ ३०

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान-१७ बीच घोपाका एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । योसँगै धरानमा कोरोना संक्रमित मृतकको संख्या ६ पुगेको छ । उनको मंगलबार दिउँसो २ः२० बजे मृत्यु भएको हो ।
७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनको अवस्था गम्भीर रहेकोले बीपीमा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ । केही दिन अघि देखि उनी बीपीमा उपचाररत रहेका थिए । बीपीबाटै कोभिड अस्पतालमा रेफर गरिएका उनको मंगलबार मृत्यु भएको हो ।
ज्वरो, खोकी र श्वासपञ्श्वासमा समस्या भएपछि उनलाई कोभिड अस्पताल रेफर गरिएको थियो । सन् २००८ सालमै हृदयघात भएका उनको उच्च रक्तचाप जस्तो दीर्घरोग पनि रहेको थियो । गत साउन २७ गते अस्पताल भर्ना भएका उनको २८ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप