धरानमा असोज १ गतेबाट पठनपाठन !


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ ३०

धरानः धरानमा पनि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका ०७७ कार्यान्वयन गरिने भएको छ ।
लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठनपाठन गराइने भएको हो । कोरोना महामारीले तत्काल विद्यालय खुल्ने सम्भावना नरहेपछि शिक्षा मन्त्रालयले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीलाई पठनपाठन गराउन लागेपछि धरान उपमहानगरपालिका शिक्षा महाशाखाले पनि यो कार्यान्वयन गराउन लागिपरेको छ ।
विद्यालय खुलेर नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दुर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएको महाशाखाका पमुख रत्नबहादुर कटुवालले जानकारी दिए । उनले धरानका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशिका कार्यान्वयन गराउन सुचना जारी गरिएको बताए ।
‘मन्त्रालयले असार १ गतेबाट उक्त निर्देशिका बमोजिम वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूलाई अनुरोध गरेको छ, हामीले पनि सोही अनुसार आफना बालबालिकालाई विद्यालयमा सम्पर्क राखी विद्यालयले व्यवस्थापन गरे बमोजिमको कक्षामा सहभागी गराइदिन हुन अनुरोध गरिएको छ’, उनले भने ।
निर्देशिकामा प्रविधिका माध्यमबाट पठनपाठन गर्न सकिने उल्लेख छ। इन्टरनेट, रेडियो, टिभी, अनलाइन र अफलाइनबाट पठनपाठन गर्न सकिन्छ । शिक्षकले सिक्ने र सिकाउने कुरालाई सहजीकरण गर्नुपर्नेछ । आफूले पढाउनेबाहेकका विद्यालयका विद्यार्थीको सूचीसमेत शिक्षकले तयार पार्नुपर्नेछ ।
कोरोना महामारी अन्त्य भएर विद्यालय खुली नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दूर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ । विद्यालय खोल्नेबारे हालसम्म कुनै निर्णय नभएको मन्त्रालयले प्रष्ट पारेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप