कुलमानको चर्चासँगै विदाइ, १५ दिनमा स्वागत गर्न पाइने आशा !


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ ३०

धरानः पुनः नियुक्त हुने चर्चासँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइ गरिएको छ ।
प्राधिकरणका कर्मचारीले मंगलबार औपचारिक बिदाइ गरेका हुन् । मंगलबार प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएसँगै फुलमालासहित बिदाइ गरेका हुन् । त्यस क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिए ।
प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा घिसिङको कार्यकाल आइतबार नै सकिएको हो । उनले ४ वर्षका लागि पुनः नियुक्ति गर्नुपर्ने आवाज उठेपनि सरकारले निर्णय लिन सकेको छैन । सडकदेखि सदनसम्म कुलमानलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज जोडतोडका साथ उठेको छ । कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणले छलाङ मारेको बताएका थिए । उनले अबको १५ दिनमा पुनः प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा नै स्वागत गर्न पाइओस् भनी आशा व्यक्त गरे ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप