आन्तरिक उडान र लामो दुरीको यातायात असोज ५ बाट सञ्चालन हुने


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ २९

धरानःसरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दुरीका सवारीसाधन सञ्चालन गर्ने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएका आन्तरिक उडान र लामो दुरीको यातायात चलाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो ।
चैत ११ बाट सुरु भएको १ सय २० दिन लामो लकडाउन सरकारले साउन ७ गते खोलेको थियो। कोरोना संक्रमण बढ्न थालेपछि फेरि भदौ ३ देखि २४ गतेसम्म २१ दिन निषेधाज्ञा लगाएको थियो ।
निषेधाज्ञा खुलेलगत्तै सरकारले विस्तारै जनजीवन सामान्य बनाउँदै लगेको छ। सोही आधारमा आज बसेको मन्त्रिपरिषद यो निर्णय गरेको हो ।
सरकारले यसअघि नै अन्तराष्ट्रिय उडान खुला गरिसकेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप