धरानको बीपीका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ २९

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण भएको छ ।
उपकुलपती गिरीले एक विज्ञप्ती जारी गर्दै आफु कोरोना संक्रमित भएको जानकारी गराएका छन् । उनले प्रतिष्ठानको काममा खटिइरहेको बेला आफुलाई संक्रमण भएको बताएका छन् । उनले अहिले लक्षणरहित भएकोले घरैमा आइसोलेसनमा बसेको जानकारी गराए । उनले प्रतिष्ठानको उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा सम्पुर्ण सुरक्षा उपायहरु अपनाउँदा अपनाउँदै साथै दुई हप्ताको अन्तरालमा नियमित परीक्षण गर्दैगर्दा पनि सोमबार साँझ चिकित्सकमार्फत कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी पाएको बताए ।
उनले प्रतिष्ठानको आधिकारीक पेजमा सूचना समेत जारी गरेका छन् । जारी भएको सूचनामा ‘प्रतिष्ठानले कोरोना विशेष लेभल ३ अस्पताल मार्फत कोरोनाका लागि स्वास्थ्य सेवा प्रदान गरिरहेको र दैनिक आइपर्ने विभिन्न संस्थागत समास्याहरुको समाधान, भावी दिनमा गरिने कार्यहरुको योजना रणनीति निर्माण गर्दै दैनिक कार्यालयकै काममा रहेको बखत भएको यो संक्रमणबाट हतोत्साहित नभई आम जनस्वास्थ्यलाई मध्यनजर गर्दै म हाल आफ्नै निवासमा लक्षणविहिन अवस्थामा आइसोलेसनमा सुरक्षित साथ बसिरहेको’ छु भनिएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप