धरानका ४ जनासहित ८७ संक्रमित थपिए


  • कोशी अवाज
  • २०७७ भदौ २९

आजै १५ जना डिस्चार्ज
धरानः बितेको २४ घण्टामा धरानका चारजनासहित प्रदेश १ मा ८७ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८२९ पुगेको छ । धरानका २ महिला र २ पुरुषसहित सुनसरीबाट २४ जना संक्रमित थपिएका छन् । इनरुवामा १ महिला १३ पुरुष, इटहरीमा २, भोक्राहानरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ ।
यस्तै, मोरङमा ५५, झापामा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा १ महिला १३ पुरुष, मोरङको कटहरीमा २ महिला १३ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाइमा ३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
उता झापाको कमलगाउँपालिकामा १ महिला १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १५ जना डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना र न्यूरो अस्पताल विराटनगरबाट ७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप