धरान-१६ का एउटै घरमा बस्ने १३ जनामा कोरोना

१२ वर्षीया बालिकादेखि ५७ वर्षीया महिलासम्मको पोजेटिभ रिपोर्ट


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ २८

धरानः धरान–१६ मा एउटै वडाका, एकै घरमा बस्ने १३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले आइतबार साँझ यतिका संख्यामा कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिए । त्यसमा पनि १२ वर्षीय र ५७ वर्षीय उमेर समूहका बालिकादेखि महिला, पुरुष छन् ।
गत २६ गते स्वाब कलेक्सन गर्दा ९७ जनामध्ये उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो । धरान–१६ का ७८ र ७० वर्षीय कोरोना पोजेटिभ दम्पत्तिको कन्टयाक्ट टेसिंगका आधारमा उनीहरूको स्वाब लिइएको उनले जानकारी दिए । सो घरमा भाडामा समेत बस्दै आएका ६ परिवारमा पोजेटिभ रिपोर्ट आएको हो ।
‘६ परिवारमध्ये १३ जना पोजेटिभ रिपोर्ट आएको छ’, उनले भने, ‘केहीमा चाहिँ नेगेटिभ पनि रिपोर्ट आएको छ ।’ पोजेटिभ देखिएकामा ४ जना पुरुष, ९ महिला छन् ।
४५ वर्षीया महिला, ५३ वर्षीय पुरुष, २९ वर्षीया दुई महिला, २४ वपर्षीय पुरुष, ५४ वर्षीय पुरुष, २७ वर्षीय पुरुष, १४ वर्षीया बालिका, १७ वर्षीया बालिका, १२ वर्षीया बालिका, ५७ वर्षीया महिला, ३२ वर्षीया महिला, ३८ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरूको एन्फा क्वारेन्टाइनमा स्वाब लिइएको हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप