कलेज पढ्ने युवालाई बालिकालाई सय रुपैयाँ बलात्कारको आरोप


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ २८

सुनसरीः सुनसरीको इटहरीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
इटहरी ५ पचरुखीमा डेरा गरेर बस्ने प्रतिक राई पक्राउ परेका हुन् । भोजपुर घर भई इटहरीको एक कलेजमा अध्ययन गर्दै आएका प्रतीक राई पक्राउ परेका हुन् । गत मंगलबार १२ वर्षिया बालिकालाई पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेको बताइएको छ ।
केही दिनदेखि बालिकाले परिवारमा अस्वभाविक व्यवहार देखाएपछि अभिभावकले सोधीखोजी गर्दा राईले जबरजस्ती गरेको र एक सय रुपैयाँ दिएर फकाउन खोजेको बताएकी थिइन् । आफन्त र परिवारजनले प्रहरीमा जाहेरी दिएपछि आरोपित राईलाई पक्राउ गर थप अनुसन्धान अघि बढाएको डिएसपी अर्जुन केसीले बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप