संक्रमित ४,७४२ जना, डिस्चार्ज २ हजार बढी


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ २८

विराटनगरः प्रदेश १ मा आज ४६ संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७४२ पुगेको छ ।
संक्रमितहरू मध्ये मोरङका ४१ जना, खोटाङ, उदयपुर र झापाका १–१ जना र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १८ महिला र २० पुरूष गरी आज ३८ जनामा संक्रमण देखिएको छ । धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष, खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको छ । प्रदेश १ मा आज ५ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप