पाँचथरमा ट्याक्टरबाट खसेर मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ २८

पाँचथरः सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका ७, थुम्कीमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका ६ घर भएका ४० वर्षीय बलबहादुर कुरुङवाङ छन् ।
प्रहरीका अनुसार शनिबार बेलुकी पौने ७ बजे फक्तेपबाट आङसराङतर्फ जाँदै गरेको मे१त ६३०६ नम्बरको ट्याक्टरबाट खसेर बलबहादुरको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप