धरानमा अर्का संक्रमितको मृत्यु

४३ वर्षीय उनमा दीर्घरोग थिएनः चिकित्सक


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ २६

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत् एकजना पुरुषको मृत्यु भएको छ ।
उनको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । रामधुनी ५, झुम्काका एक पुरुषको मृत्यु भएको हो । योसँगै प्रतिष्ठानमै मृत्यु हनेको संख्या २४ पुगेको छ । कोभिड अस्पतालमा उपचारत् उनको शुक्रबार साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । इनरुवा झुम्का अस्पतालबाट रिफर गरिएका उनमा कुनै दीर्घरोग नभएको उनले जानकारी दिए । ‘खासमा यसअघिका अधिकांश बिरामीमा दीर्घरोग पनि रहेको पाइयो तर उनमा दीर्घरोग समेत केही थिएन’, उनले भने ।
झुम्का कारागारमा रहेका उनको १० दिनदेखि ज्वरो आएको र दुईदिनदेखि खोकी र स्वासप्रस्वासमा समस्या भएको थियो । स्वास्थ्यमा निकै समस्या भएपछि उनी ११ः५४ बजे बीपीमा भर्ना भएका थिए । शुक्रबार बिहान भर्ना भएका उनको प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप