असली किराती पहिचान ओझेलमा !


  • निनाम कुलुङ ‘मंगले’
  • २०७७ भदौ २२

गत सेप्टेम्बर २ मा एक अनलाइनमा ‘जनगणनामा जातिको महलमा ‘राई’ धर्मको महलमा किरात लेखाउन पोष्टर’ शीर्षकको समाचार आयो । सो समाचारबारे यो ‘केहीनजान्ने कुलुङे ढाक्रे’ को नदुखेको कपाल बेकार दुखाउँदै र महत्वपूर्ण समय नष्ट (सदुपयोग) गर्दै फेरि पनि केही लेख्दैछु ।
वास्तवमा यो लेख कसैसँग रिसराग राखेरभन्दा पनि ‘हाम्रो असली पहिचान ‘राई’ नै हो त ? आम मानिसहरूमाझ प्रष्ट होस्, भनेर लेखिएको हो । यस विषमा म फेरि पनि भन्छु, मैले ‘कसैसँग अतिशय अनुराग र कसैसँग अतिशय द्घैष’ नराखीकन अझै पनि बहस र छलफल गर्ने हो कि ? भनेर लेखिएको हो । ‘राई’ नेपालको कुनै जात वा जाति नै हुन्थो भने, त्यो बेला ‘रैती’ अर्थात् ‘ढाक्रे’ भनिने सर्वसाधारण जनताहरुले आफ्नो नामको पछाडि ‘राई’ लेख्न खोज्दा वा लेख्दा असली अर्थात् तालुकदार वा भनौं जिम्मावालहरूले किन ‘तैंले नपाएको राई किन र कसरी लेखिस् ?’ भनेर कारबाही गर्थे ? यस बारेमा थप जान्न चाहनेहरुले खासगरी ‘किराबी’कै नेतृत्वले पहल गरेर काठमाण्डौंलगायत नेपालको सुविधा सम्पन्न सहर बजारमा उपलब्ध त्यो वेलाका असली ‘राई’का (नोटः असली ‘राई’ किन भनियो भने माथि असलीबारे लेखिएकै छ) जेठो छोरोहरूलाई भेला गराएरै सोधखोज गर्दा अझ राम्रो र प्रष्ट हुने देखिन्छ । अथवा ‘राई नेपालको कुनै जात वा जाति नभएर पदवी वा पगरी अथवा तालुकदार वा भनौं जिम्मावाल नै भए तापनि अब हामी जात वा जाति मान्छौं’ भनेर सार्वजनिक रूपमा घोषणा गरेर आ आप्mनो समुदायलाई जानकारी गराएर जाँदा अझ राम्रो होला कि ?
स्मरणरहोस्, त्यो बेला ‘रैती’ अर्थात् ‘ढाक्रे’ भनिने आम सर्वसाधारण जनताहरूले विसं २०२१ सालमा आएको भूमिसधार ऐन विसं २०२८, ०२९, ०३०, ०३१, ०३२, ०३३, ०३४ तिर (पछिल्लोपटक संखुवासभा जिल्लामा विसं २०५१ मा भूमिसधार लागू भएको भनी दूर्गामणी देवानले बताएका छन् । उनी स्वयम् आफ्नो असली ‘राई’ बाबुको मृत्युपछि विसं २०४५ मा ‘राई’ भएका थिए ।) गाउँगाउँमा, टोलटोलमा लागू भएपछि मात्रै आप्mनो नामको पछाडि ‘राई’ लेख्न पाएका थिए, हुन् । अझ यो पंक्तिकारलाई भोजपुर जिल्ला घर भएका डा. शिवकुमार राई जो विसं २०६४ पछि बनेको तत्कालीन माओवादी सरकारको कार्यकालमा राष्टिय योजना आयोग (रायोआ) को सदस्य पनि भएका थिए, ले सन् २००७ को विश्व आदिवासी दशकको अवसरमा काठमाण्डौको मल्ल होटेलमा भएको कार्यक्रममा फ्लोर ओपन भएपछि मैले (यो पंक्तिकारले) ‘राई जात वा जाति होइन । तर, यही राईलाई जात मान्दा २२ भन्दा बढी जातिहरूको जातीय अस्तित्व नष्ट भएर जाँदैछ ।’ भन्दा त्योबेला एक दैनिकका पत्रकार पनि हुन् उनले मलाई खिल्ली उडाउँदै वा हियाएर राई जात होइन होइन त, राई जात होइन होइन त भन्दै थिए ।
तर, लन्च ब्रेक भएपछि डाक्टर शिवकुमार राई मेरो टेबलनिर आएरै (फलेको फल नुहिन्छ भनेको सायद यही होला) ‘भाइ, तपाईंले साह्रै राम्रो प्रश्न उठाउनुभो, वास्तवमा मेरो असली अर्थात् तालुकदार वा भनौं जिम्मावाल, असली ‘राई’ बाबुबुबाले भूमिसधार ऐन लागू भएपछि जग्गा रैतीहरूको नाममा दर्ता समस्या भयो । किनभने पूरानो घरायसी कागजहरूमा रैती, ढाक्रे वा ज्यामी, जिमी लेखिन्थ्यो । त्यसैले ती बाबैले यी ‘रैती’, ‘ढाक्रे’हरूलाई कहाँ ‘राई’ लेख्न दिन्छु म पो ‘राई’ हुँ, यिनीहरु कसरी ‘राई’ भनी अड्डी कसे । त्यसरी कुनै हालतमा आफ्नो ‘रैती’ ‘ढाक्रे’हरूलाई ‘राई’ लेख्न नदिने अड्डी कसेपछि के गर्ने त, के लेख्ने त ? भनी ६ दिनसम्म गाउँका पञ्चभलाद्मीहरूले निरन्तर भेला भई छलफल गर्नुपरेको थियो अरे । अन्ततः भूमिसुधार ऐन लागू भएसँगै ती असली ‘राई’ को पद पनि गयो भने, ‘राई’ भएवापत गरेको ‘राईँदाई’ पनि सकियो । राईवाला कमरेडहरु, ‘राई’ का बारेमा वास्तविक कुरो यस्तो छ ।
जेहोस्, किरातहरूका बारेमा विभिन्न विदेशी तथा स्वदेशी लेखक एवम् इतिहासकारहरूले अनेकौं किताब लेखेका छन् । हुन पनि किरातहरु प्राचीन भारतीय उपमहाद्धीप र नेपालको अति प्राचीन महाजाति हो । प्राचीन संस्कृत साहित्यहरू जस्तै ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न अभिलेखहरूमासमेत किराती जातिहरूका बारेमा उल्लेख भएको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, ब्राम्मण साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि धर्म ग्रन्थहरूमा पनि किरात जाति छुटेका छैनन् । त्यति मात्रै होइन, किरातहरू प्राचीन वास्तुकला, शिल्पकला, लोककला, चित्रकला आदिमा पनि चित्रित छन् । भनिन्छ, किरात सभ्यता विश्वमा भएका सबैभन्दा पुरानो सभ्वताहरुमध्ये एक हो ।
ब्रह्मपुत्र तथा गंंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास किरातीहरुको विकास भएको मानिन्छ । एशिया महादेशको ठूलो भूभागमा किरात, किरातीहरू रहेका थिए । किरातीहरू कास्मिरदेखि पूर्व, कामरुपदेखि पश्चिम, भुटानदेखि मानसरोवरको दक्षिण पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनार, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म विस्तारित थिए । त्यस्तै किरातीहरूको ऐतिहासिकता संस्कृत साहित्यको अथर्ववेद, वाल्मिकी रामायण र महाभारतमा (किराती राजाहरू र जनताहरूको) उल्लेख गरेको पाइन्छ ।
किरात किराती वंशावलीको सन्दर्भमा भन्नुपर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेटिूकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए ।
यसरी हेर्दा कुनैबेला एसियाको ठूलो भूभागमा फैलिएका किरातीहरू अहिले आएर बाह्य क्षेत्रबाट प्रवेश भएका मानिसहरूको हस्तक्षेप तथा उपनिवेशका कारण विस्थापित हुँदै आफ्नो जिमीभूमिको साथै आफ्नो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित क्षेत्रमा बाँकी रहेका छन् । आपूmलाई खुलेर किरात, किराती भनी दावी गर्ने जातिहरू दक्षिण एसियाको नेपाल देशको पनि सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग) को सानो भूभागमा रहेका केही जातिले मात्रै छन्, जसले आपूmलाई प्रष्ट रूपमा किराती भनी चिनाउँछन् । तर, उनीहरूलाई पनि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करण गरिएका कारण उनीहरूको असली किराती पहिचान नै ओझेलमा परेको, पर्न लागेको अवस्था छ ।
यसरी धेरैपछि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करण गरिएका अर्थात् ‘करण’ मा परेका किरातीहरूमा सबैभन्दा बढी खम्बुका सन्तानहरू देखिन्छ । जस्तै आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो, जेरोङ, तिलुङ, नाछिरिङ, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु, पुमा, कोयु, लोहोरुङ, साम्पाङ, आदि छन् । हुन त हाल आएर मेत्नाहाङका सन्तान लिम्बूले आफ्नो जात ‘सुब्बा’ हो भनी लेख्न छाडिसके । त्यस्तै लाङलेवाका सन्तान कोईँच (सुनुवार) ले पनि आप्mनो जात ‘मुखिया’ हो भनी लेख्न छाडिसके । उता मेवाहाङका सन्तान याक्खाले पनि आफ्नो जात ‘देवान’ वा ‘जिमी’ हो भनी लेख्न छाडिसके । यसरी होर्दा सबैभन्दा धेरै ‘करण’ मा खम्बुका सन्तानहरू त्यसमा वान्तावा जाति परेको देखिन्छ । जस्तो कि विसं २०६८ को जनगणनाअनुसार, वान्तावा जातिको जनसंख्या ४ हजार ६०४ जना रहेको छ । त्यस्तै, चाम्लिङ जातिको जनसंख्या ६ हजार ६६८ जना रहेको छ । तर, भाषा वक्ता संख्या भने, वान्तावाको १ लाख ३२ हजार ५८३ जना छ भने चाम्लिङको भाषा वक्ता संख्या ७६ हजार ८०० जना रहेको छ । स्रोतः ‘केतवि स्टाटिकल पकेट बक अफ नेपाल २०१४ ।’ वान्तावा र चाम्लिङको जनसंख्या र भाषा वक्ता संख्यामा त्यत्रो फरक कसरी भयो ? कि वान्तावा र चाम्लिङको भाषा नेपाल अन्य जातजाति जस्तै बाहुन, क्षेत्री, कामी, दमाई, सार्की, मगर, लिम्बू, गुरुङ, माझी, राउटे, राजी, थामी, हायु, कुसुन्डा, धिमाल, सतार, राजवंशी, गनगाई, …, …, ले पनि बोल्छन् ? राई जातिवाला राई सर, राईनी म्याडमहरु, प्रश्न त गम्भीर पो छ है ।
मान्छेहरूले सुन्दा अचम्म मान्लान् । कतिपय मान्छेहरूले त नपत्याउलान् पनि । तर, विसं २०५७, ०५८ देखि नै खम्बुका सन्तानहरुमध्ये कुलुङ जातिका अगुवाहरुले ‘राई’ जात वा जाति होइन रहेछ, त्यसैले अब हामी यो ‘पदवी’ वा ‘पगरी’ ‘राई’ लाई जातिको रूपमा लेख्न छाडेर आफ्नो असली जातीय स्वपहिचान कुलुङले चिनिन चाहन्छौं भनी आन्दोलन र जनवकालत गर्न थाल्यो । खासगरी आदिवासी जनजाति सूचीमा सूचीकृत नभएसम्म राज्य र नेपालकै अन्य आदिवासी जनजातिहरूले पनि नचिन्ने (अहिले पनि कुलुङ जाति हौं भनेर भन्यो वा परिचय दियो भन्ने कुलुङ त ‘राई’ होइन र ? भन्नेहरू केही बाँकी नै छन् ।) भएकाले गर्दा आदिवासी जनजाति सूचीका लागि पनि जनस्तरमा व्यापकरूपमा चेतनाको विकास र प्रचारप्रसार गर्ने काम भयो । साथै विभिन्न राजनैतिक दल र तिनका नेताहरूसँग भेटघाट र लबिङ गर्ने, साथै उनीहरूमार्पmत् आफ्नो माग सम्बोधन गर्न अनुरोध गर्ने कामहरू भए । फलतः विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ भाषा वक्ता संख्या ३३ हजार १७० रहेको छ ।
त्यसैले हामी आफ्नो असली जातीय स्वपचिानले चिनिने हो भने, जात वा जातिको महलमा ‘राई’, आठपहरिया, कुलुङ, नाछिरिङ, … लेखौं । त्यस्तै जातिको महलमा कुलुङ लेखेपछि थर लेख्दा लोवात्ती, पायात्ती, होनित्ती, पिदिसै, येइसा, सेकछा, हिमार, थोप, गान्खु, बार्सी, छेन्हो, रिन्हो, कुबीत्ती, वादीरी, पोखोती, थिम्रा, मोल्थो, वालाखाम, राजीत्ती, दीरीत्ती, यातीहो, गदूहो, तोर्ङो, मुम्हो, सुर्बा, लाम्लछा, ताम्बुछा, सेकछा, मोरोखु, वारोखु, पोङकीरी, सोम्फोरु, होङेलु, होबेर्मी, थोरेप्पा, बुक्खो, मान्थेर्बु, पिदिसै, देउराम, छाप्कोती, सोम्फोरु, ङोपोचो, रुखुपो, तोङेर्बु आदि लेखौं । अन्य किराती खम्बका सन्तानहरु जस्तै नाछिरिङ, जेरो,जेरोङ, बाहिङ, वान्तावा जातिहरूको थर यो पंक्तिकारलाई थाहा नभएको वा केही जातिहरूको थरहरू थाहा भए पनि लेख्दाखेरि केही गडबड होला कि ? वा भनौं उल्टापाल्टा होला कि ? त्यसैले यो लेखमा प्रस्तुत गर्न सकिएन ।
केही बुझ्नपरेमाः ९८४९९८५९९७, ९८६२४३६०४९
[email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप