मेस्सीले यसकारण बार्सिलोना छाड्दैनन् !


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ २०

धरानः लियिनेल मेस्सीले साँच्चै क्लब छोड्लान् कि नछोड्लान् भनेर उनको अन्तिम निर्णय कुरेर बसेका समर्थकहरुका लागि खुसीको खबर छ । अब मेस्सी बार्सिलोनामै रहनेछन् । आफूले गरेको कठिन निर्णयबाट पछाडि फर्कनु परेको छ उनी ।
गोल डटकमसँगको अन्तर्वार्ताको क्रममा मेस्सीलाई ‘किन क्लब छाड्न चाहेको’ भनेर सोध्दा पनि आफूले किन बार्सिलोनामै बस्ने निर्णय गरें भन्ने कुराको स्पष्टिकरण दिन समय खर्चेका थिए ।
नयाँ ठाँउमा गएपछि छोराहरुले नयाँ स्कुल भर्ना हुनुपर्ने अनि नयाँ साथीहरु बनाएर अहिले रमाए जसरी रमाउन सक्लान् वा नसक्लान् भन्ने कुराले आफूलाई विचलित बनाएको मेस्सीको भनाइ थियो । आफ्नो श्रीमतीले जस्तोसुकै कठिन परिस्थितिमा पनि साथ दिएको भन्दै श्रीमतीप्रति गहिरो प्रेमसमेत उनले देखाएका थिए ।
आफ्ना छोराहरुले बार्सिलोना बाहेकका ठाँउमा खुसी हुन नसके त्यसले झन् आफूलाई पीडामा पार्ने उनको बुझाइ थियो । आफ्नो सम्पूर्ण परिवारलाई बार्सिलोनामै बानी परेकोले बार्सिलोनाप्रतिको प्रेम सद्भाव अन्त नहुन पनि सक्ने उनले बताए । मेस्सीले बाहिर भएको हल्लाजस्तै आफूले क्लबका अध्यक्षसँगको असमझदारी भएर क्लब छोड्न चाहेको बताएनन् ।
मेस्सीले आफूलाई अदालती प्रक्रियामा गएर भए पनि अहिले क्लब छोड्न पाँउछु कि पाउँदिन भनेर छिनोफानो गर्ने अधिकार आफूमा रहेको बताए । तर, आफू हुर्केको बढेको र सबैथोक दिएको क्लबलाई अदालतसम्म लैजान नैतिकताले नदिने उनको भनाइ रहेको थियो। मेस्सीका अनुसार संसारमा उनले सबैभन्दा माया गर्ने क्लब भनेको बार्सिलोना मात्रै हो ।
क्लब फुटबलमा जित्न मिल्ने सम्पूर्ण उपाधि र इज्जत उनले क्लबका लागि जितिसकेका छन् । बीचमा क्लब छाड्ने मनस्थितिमा पुगेका मेस्सी र क्लब बीचको यो प्रेम र सद्भाव अब फेरि देख्न पाइने भएको छ । अन्तमा मेस्सीले भनेका छन्, ‘त्यो कठिन निर्णय थियो । बार्सिलोनालाई म धेरै प्रेम गर्छु । र मैले बार्सिलोना भन्दा राम्रो ठाउँ अन्त पाउन सक्दिनँ । म नयाँ चुनौति र गन्तब्यको खोजीमा थिएँ । तर अब म त्यही बार्सिलोना जानेछु, जहाँ मेरो सबथोक छ ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप