सगरमाथालाई नाम र उचाइको भारी !

जोगवनीको रेलदेखि धरानको लरीसम्मको यात्रा


  • निनाम कुलुङ ‘मंगले’
  • २०७७ भदौ ११

यो लेखमा सगरमाथा आरोहणको इतिहासका कुरो थोरै, उचाईका कुरो पनि केही र ऊ बेला सगरमाथाको अनुमानित अनेक नामहरु राखिएकाबारे र सो बेलाको प्रविधिअनुसारका नाप्दा वा अनमान गर्दा निक्लेका अनेक उचाइका बारेमा पनि केही लेख्दैछु । यसरी हेर्दा सर्वप्रथम सगरमाथाको आरोहण प्रयासको इतिहासका कुरो गर्दा सबभन्दा पहिले सगरमाथा आरोहण गर्ने प्रयास् सन् १९२१ मा भएको देखिन्छ । त्यो बेला नेपालतर्पm विदेशी (त्यो बेलाको भाषामा भन्नुपर्दा विदेशी अर्थात् फिरिंगीहरूलाई जथाभावी प्रवेश गर्न नदिने भएकोले बेलायती सेनाका लेफ्टिनेन्ट कर्नेल चाल्र्स हवार्ड बरीको नेतृत्वमा तिब्वततर्फबाट सगरमाथा चढ्ने ठीकैको पर्वतारोही दलले पहिलोपटक चढ्ने प्रयास गरेको देखिन्छ । जुन बेला सो हिमालले ‘सगरमाथा’ वा ‘एभरेस्ट’ भन्ने नाम पाएकै थिएन । बरु ‘देवढुंगो’ हो कि ?, ‘भैरवनाथ’ हो कि?, गौरीशंकर हो कि ?, चरी लमेनी पो हो कि ?, … , …, भनी अनेकखाले नामहरुबारे अनुमान गरिन्थ्यो ।
खासगरी सन् १८५२ मा भारतमा खटिएर आएका सर्भेयर जनरल सर इन्ड्र्रयु वाग, वाफले ‘एक्स भी’ अर्थात् १५ औं चुली (चोमोलुङमा) नै विश्वको अन्य हिमालहरुभन्दा अग्लो हिमाल हो भनी घोषणा गरेपछि यसको महत्व ह्वात्तै बढेर गयो । साथै यो हिमालको उचाइ त्यो बेला आठ हजार ४० मिटर हो भनी घोषणा पनि भयो । त्यसरी भएपछि यो हिमाल आरोहण गर्नका लागि बेलायत, जर्मनी, फ्रान्स, इटली, स्वीटजरल्यान्डलगायत अन्य युरोपेली देशका पर्वतारोहीहरुले यो हिमालमाथि विजय पाउनका लागि आरोहण गर्न होडबाजी नै गरे । त्यसका लागि सम्बन्धित देशको सरकार नै लागेर अभियान चलाउन थालेका थिए । बेलायत, जर्मनी, फ्रान्स, इटली, स्वीटजरल्यान्ड लगायत अन्य युरोपेली देशहरु यस्तो कार्य (सगरमाथा चढ्ने) मा लाग्नुको केही उद्देश्यहरु रहेका थिए । जस्तैः विश्वकै अग्लो हिमशिखर चढ्ने पहिलो देश बनेर मानव इतिहास रच्ने, आप्mना देशका पर्वतारोहीहरुले अन्य देशमा गएर त्यहाँका पर्वतारोही तथा पर्वतारोहणबारे, त्यसमा पनि विश्वकै अग्लो हिमालबारे आरोहणको अनुभव प्रत्यक्ष रुपमा सुन्न चाहने विश्वका (खासगरी युरोप महादेशका) जिज्ञासु सर्वसाधारण मानिसहरुलाई भाषण दिने, लेक्चर दिने, तालिम दिने, कस्तो मान्छेले धेरै उचाईको हिमाल चढ्न सक्छ, कस्तो मान्छेले सक्दैन ? भन्नेबारे सिकाउने, हाई एल्टिच्युड सिकनेस, फ्रस्ट बाईट, मुटुको धड्कन र शरीरको तापक्रमबारे अनुभवहरु आदानप्रदान गर्ने, नाम, दाम र प्रसिद्धि कमाउने आदि उद्देश्यहरु रहेका थिए ।
जेहोस्, अब सगरमाथाको असली नामबारे पनि केही जानकारी लिऊँ न त होइन ? जसले जे भने तापनि वास्तवमा सगरमाथाको सुरुदेखिको असली र खास नाम ‘चोमोलुङमा’ थियो, हो । तापनि मान्छेहरुले परापूर्वकालदेखि रही आएको नामबारे वास्ता नगरेर वा स्थानीय वासिन्दाहरुलाई सोधखोज नगरेर ती पर्वतारोही तथा खोजकर्ताहरु घोर अन्याय नै गरेका थिए भन्न सकिन्छ । बरु उनीहरुले ‘चोमोलुङमा’को अनेक नामहरु जस्तै देवढुङ्गा, भैरवनाथ, चरी लमेनी, मितीगुती, गौरीशंकर (तर, पछि गौरीशंकर, मेलुङत्सेलगायत अन्य हिमालहरु अलग्गै पत्ता लागेपछि यो समस्या हल भयो ।) चापोलुङमा, थर्डपोल, द गडेस मदर अफ द अर्थ, मदर गडेस अफ द स्काई, चोमो काङकार, चोमो लुुङमो, पिक एक्सभी, १५ औं चुली लगायत डेढ दर्जनभन्दा बढी नामहरु पो कि ? भनी भौतारिए । नभन्दै पर्वतारोहण क्षेत्रमा लागेका विभिन्न देशका पर्वतारोहीहरु र सगरमाथा लगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेकख, खोज तथा अनुसन्धानकर्ताहरु (धेरै जसो विदेशी लेखकहरुले) ले माथि उल्लेखित नामहरुमध्ये धेरै जसो नामहरु उच्चारण गर्ने, लेख्ने वा सम्झने गर्छन् । तर, ‘चोमोलुङमा’ को अनेक नामहरु अनुमान गरिए तापनि सन् १८५६ मा बेलायती नागरिक जर्ज एभरेस्ट सम्मानमा नयाँ नाम (‘माउन्ट एभरेस्ट’ राखियो । स्मरणीय छ, सो वेला सर जर्ज एभरेस्ट सेवा अवधि सकिएर बेलायतको इङल्यान्डमा ‘रिटायर लाइफ’ बिताई रहेका थिए भने उनले सन् १८२३–१८४३ सम्म भारतको नापनक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए । नोटः माथिका विभिन्न नामहरुमध्ये केही नामहरु ‘टु द थर्ड पोल’ नामक किताबबाट लिइएको हो ।
त्यस्तै ‘चोमोलुङमा’को उचाईका सम्बन्धमा पनि सुरु–सुरुमा एक रुपता थिएन । (अहिले पनि छैन) कहिले आठ हजार ८८८ मिटर, कहिले आठ हजार ८४० मिटर, कहिले आठ हजार ८५० मिटर, कहिले आठ हजार ८७२ मिटर, कहिले आठ हजार ८४४ मिटर, कहिले आठ हजार ८४८ मिटर आदि भनी प्रचारमा ल्याइएको थियो भने सन् १९६० को दशकदेखि मात्रै आठ हजार ८४८ मिटरलाई आधिकारिक र स्थिर उचाई मानिदै आएको छ । तर, अमेरिकीहरुले भने सगरमाथा, एभरेस्ट अर्थात् चोमोलुङमाको उचाई आठ हजार ८४८ मिटर नभएर आठ हजार ८५० मिटर हो भनी रहेका छन् भने चीनले पनि, सगरमाथाको उचाई आठ हजार ८४८ मिटर र आठ हजार ८५० मिटर दुवैलाई नमानेर आठ हजार ८४४ मिटर हो भनी रहेको छ । स्मरणीय छ, चीनतर्पmबाट सगरमाथा चढ्ने जो कोही पर्वतारोहीहरुलाई चीन सरकारले प्रमाणपत्र दिँदा आठ हजार ८४४ मिटरकै प्रमाणपत्र दिने गरेको छ । जे भएतापनि अमेरिकीहरुले सगरमाथाको उचाई आठ हजार ८५० मिटर हो भन्ने प्रमाणका लागि दुई–दुई पटक सगरमाथाको नापजाँच पनि गरिसकेका छन् ।
त्यसो त नेपाल सरकारले यो विवादबारे वास्तविकता पत्ता लगाउन गएको लगभग दुई वर्षदेखि नै सगरमाथाको नयाँ उचाई पत्ता लगाउनका लागि नापजाँचका सम्बन्धमा नापी विभागलाई कार्यादेश दिएको हुनाले नापी विभागमार्पmत् काम भइरहेको छ । उता चीनले पनि गत मार्च–अप्रिल महिनामा चीनतर्पmबाट सगरमाथाको उचाई लिइरहेको समाचार आएको थियो । यसरी हेर्दा अब छिट्टै नै सगरमाथा, एभरेस्ट अर्थात् चोमोलुङमाको नयाँ उचाई आठ हजार ८५० मिटर हो कि, आठ हजार ८४८ मिटर हो कि, आठ हजार ८४४ मिटर हो ? छिट्टै घोषणा हुने आशा गर्न सकिन्छ ।
सुरुमा चोमोलुङमाका चढ्न जाने बाटो नेपालतर्पmबाट बन्द भएकोले गर्दा अंग्रेज टोलीले तिब्बतको १३ औं दलाई लामाबाट सन् १९२० मा अनुमति लियो । यसरी १३ औं दलाई लामाबाट अनुमति पाएपछि सन् १९२१ मा पहिलोपटक अंग्रेज टोली भारतको सिक्किम, दार्जिलिङ, तिब्बतको बाटो हुँदै सगरमाथातर्पm लाग्यो । यसरी हेर्दा सन् १९२१, २२,३३,३४,३५,३६,३६ को बीचमा कयौंपटक तिब्बततर्पmबाट सगरमाथा आरोहण गर्ने र रेखी (नापजाँच) काम भएको थियो । तर त्यो बेला कुनै पनि टोली शिखरमा पुुग्न भने सकेनन् । बरु सन् १९२१ को आरोहण टोलीमा रहेका एक सदस्यका रुपमा रहेका डा. एएम कल्लसको बाटोमै मृत्यु भयो । भनिन्छ, उनी आपैm बिरामी जाँज्ने डाक्टर भए तापनि ‘हर्ट फेल्यर, फेल्योर’ भएर मरेका थिए । यसरी उनी सगरमाथाको रेखी गर्ने र आरोहण गर्ने क्रममा शहिद हुने ‘पहिलो युरोपियन पर्वतारोही सहिद’को रुपमा स्थापित हुन, दरिन पुगे ।
जब सन् १९३८–३९, १९४४–४५ को दोस्रो विश्व युद्ध सकियो, त्यसपछि भने नेपालले पनि सगरमाथालगायत आफ्नो देशमा रहेको विभिन्न हिमालहरु आरोहण गर्न दिनका लागि आप्mनो भू–क्षेत्रबाट बाटो खुल्ला गरयो । त्यसैको फलस्वरुप सन् १९४९ मा स्वीट्जरल्यान्डका एक पर्वतारोहण टोली पहिलोपटक भारतको जोगबनीसम्म रेलमा र त्यहाँबाट धरानसम्म लरीमा र धरानदेखि तमोर, धनकुटा, अरुण–भ्याली, साल्पा पास, महाकुलुङ, दूधकोशी, नाम्चेबजार हुँदै गए । नोटः ‘टु द थर्ड पोल नामक किताब’मा उल्लेख भएअनुसार त्यो वेला राणाहरु (धनकुटा गौंडाका बडाहाकिमलाई इंगित गरेको हुनुपर्छ) धेरै नै सहयोगी भएको र ‘मिलिटरी एस्कोर्टिङ’ समेत गरिएको भनी लेखिएको छ । तर, सो टोली सगरमाथा चढ्न सफल भएन । तापनि नुप्चे, आमाडाब्लाम, पुमोरी, ल्होत्चे, ल्होला लगायत हिमाल र पासहरुको नापजाँच नजिकबाट गरियो, फोटोहरु नजिकबाट प्रशस्तै लिइयो ।
सन् १९५१ मा सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला .(भोजपुर) तेङबोचे हँुदै नेपाल तर्पmबाट सगरमाथा चढ्न गए । तर, उनीहरुले पनि सफलता पाउन सकेनन् । त्यस्तै, सन् १९५२ मा पनि स्वीस टोलीले नेपालतर्पm बाटै एकै वर्षमा दुईपटक सगरमाथा आरोहण गर्ने प्रयास गरे । तर, उनीहरुले पनि सगरमाथा आरोहण गर्नमा पूर्ण रुपमा सफलता पाउन सकेनन् । तर, उनीहरु वर्षात् अघिको प्रयासमा ८,५९५ मिटरसम्म र वर्षात्पछिको प्रयासमा ८,०१६ मिटरको उचाईसम्म पुग्न भने सफल भए । संभवतः त्यो बेलासम्म त्यो उचाई नै सगरमाथाको सबैभन्दा माथिल्लो उचाईमा पुगेको नयाँ कीर्तिमान रहेको थियो । यसरी सगरमाथा आरोहणको इतिहास हेर्दा लगभग ३२–३३ वर्षको प्रयासमा सन् १९५३ मे २९ मा सगरमाथा आरोहणमा बल्ल मानव सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड पर्सिभल हिलारी (त्यो बेला न्यूजिल्याण्ड बेलायतकै अधिनस्थ थियो) ले सगरमाथा आरोहणमा प्रथमपटक सफलता प्राप्त गरे । उनीहरु बेलायती टोलीमा सहभागी भएका थिए भने उक्त टोलीको नेतृत्व बेलायती नागरिक लर्ड जोन हन्टले गरेका थिए ।
त्यसयताको लगभग ६७–६८ वर्षको इतिहासमा सगरमाथा आरोहणको क्रममा अनेक खाले कीर्तिमानहरुको लर्को लागेको छ । ती मध्ये अधिकांश कीर्तिमानहरु आम जानकारी अर्थात् ‘जनरल नलेज (जिके–आईक्यु)’ को रुपमा स्थापित भइसकेको हुनाले यहाँ दोहोरयाएर बखान गरी रहन जरुरी देखिएन ।
थप केही बुझनुपरे: ०१४६२०२००, ९८४९९८५९९७, ९८६२४३६०४९
[email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप