धरानको पानबारीमा चार युवाले दुई करोड लगानी गर्दै

६० लाखको लगानीमा यसरी बन्दैछ नेपालमै पहिलोपटक बंगुर बधशाला (भिडियोसहित)


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ १०

धरानः धरानमा स्थानीय युवा व्यवसायीहरूको संयुक्त लगानीमा सुविधासम्पन्न र आधुनिक बधशाला निर्माण भएको छ ।
बधशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धरान उपमहानगरपालिका वडा नं. ६ पानबारीमा २ करोडको बधशाला निर्माण गर्ने योजना रहेपनि हालसम्ममा ६० लाखको लगानीमा निर्माण सम्पन्न गर्नका लागि अन्तिम चरणमा ९० प्रतिशत कार्य सम्पन्न भइसकेको ती युवाले बताएका छन् ।
१ बिगाहा १२ कट्ठा जग्गा लिई बधशाला निर्माण शुरु गरिएको युवा व्यवसायी तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर जोनका सहसंयोजक मदन तामाङले जानकारी दिए । उनले धरान र बराहक्षेत्रमा प्रधानमन्त्री कृषि परियोजनाबाट सहयोग मिलेको बताए । उनले धरानका लागि मात्रै १५ लाख रूपैयाँ बजेट आएको बताए ।
व्यवसायी जेन्टल लावतीका अनुसार बधशालामा ४ जना युवा ब्यवसायीहरुको लगानी छ भने बधशाला निर्माण गर्ने ६० लाख रूपैयाँको परियोजना सफल हुनै लागेको छ । यही असोज १ गतेबाट पूर्णरुपमा सञ्चालनमा ल्याउने हिसाबले काम अघि बढेको उनले जानकारी दिए ।
सञ्चालमध्येका सुमन चोम्जोङका अनुसार निजी लगानीमा नै निर्माण गरिएको सो बधशाला नेपालमै पहिलोपटक हो । ‘यो खासमा नेपालमै कहीँ छैन’, उनले भने, ‘त्यही भएर नेपालमै पहिलोपटक हो भन्छौं ।’
सञ्चालक इन्द्र फोम्बोले बधशाला निर्माणको मुख्य उद्देश्य धराने जनतालाई स्वास्थ्कर मासु दिनुका साथै धरानेहरुले बाटोमा नै जथाभावी रुपमा सुँगुर लगायतका मासु काटने हुँदा त्यस्ता प्रवृत्ति हटाउने र विभिन्न रोगहरुको महामारीबाट बचाउने रहेको बताए ।
उनले सो जग्गामा सागसब्जी, माछा मासुको परिकार उत्पादन गर्दै देशभरी पुरयाउने लक्ष्य लिइएको सञ्चालक मदन बताउँछन् । ‘सो बधशालामा उत्पादन भएको मासुजन्य पदार्थको देशभरी नै उत्पादन पुरयाउने तथा युवाहरुलाई रोजगार बनाउने पनि हो ।’, उनले भने, ‘सोही बधशाला छेऊछाउ रहेका अन्य स्थानहरुमा कुखुरा, बाख्रापालन गर्ने तथा सागसब्जी उत्पादन गर्ने लक्ष्य लिइएको छ ।’
उनले धराने कालो बंगुरको ब्राण्डलाई समेत स्थापित गर्दै लगिने र सोही बधशालाले नेपालमा पहिलोपटक मासुमा गुण्स्तरीयताको छापसहित बजारमा बिक्री वितरणका लागि लगिने बताए । जसका लागि सरकारको रोहबरमा नै स्वास्थ्यकर मासुको उत्पादन समेत गरिनेछ ।
केन्द्रीय, प्रदेश तथा स्थानीय सरकाले नै मासुजन्य पदार्थको क्षेत्रमा लागानी समेत गरिरहेको अवस्थामा यस बधशाला सञ्चालन भएपछि दैनिक रुपमा ४० देखि ५० वटासम्म बंगुरको प्रशोधनसहितको मासु तयार हुने सञ्चालक तामाङको भनाइ छ ।
उनले ‘धरान बंगुर बधशाला’ नाम दिइएतापनि बधशालामा पहिलो चरणमा बंगुर मात्रै बध गर्न मिल्ने बनाइनेछ भने विस्तारै राँगा, खसी, बोकालगायतका पशुहरुको बध गर्न सकिने उनले बताए ।
हाल धरानमा ८० वटासम्म बंगरको बध हुँदै आएको उनले जानकारी दिए । सबैभन्दा बढी सुँगुरको मासु खपत हुने धरानमा दैनिक रुपमा ४ देखि ५ हजार किलोको हाराहारीमा मासुको बिक्री वितरण हुँदै आएको छ । सार्वजनिक तथा निजी लगानीमा निर्माण हुन लागेकाले यो परियोजनामा १२ हजार महिला किसान र ३ सयभन्दा बढी मासु व्यवसायी सहभागी हुने उनले जानकारी दिए ।
उता नेपाल सरकारले उपभोक्तालाई सफा तथा स्वस्थ मासु उपलब्ध गराउन, खुला बध रोक्न, व्यवस्थित पशु ढुवानी गर्न, पशुलाई पीडारहित बधका लागि विभिन्न किसिमका ऐन, नियमावली तथा निर्देशिका जारी गर्दै आएको भएपनि पशु बधशाला तथा मासु जाँच ऐन २०५५ र नियमावली २०५७ पारित भएको दुई दशक पूरा भएपनि हालसम्म यसको कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप