मैदानमै किन रोए नेइमार ?


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ ८

धरानः बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिग फुटबलको सेमफाइलनमा स्थान बनाउन असफल रहेपछि खेलाडी समेत निराश बने ।
घरेलु मैदान क्याम्प नाउमा भएको खेल सकिए लगतै नेइमार मैदानबाट बाहिरिने क्रममा रुँदै बाहिरएका हुन् । नेइमार युभेन्टसका ब्राजिलियन खेलाडी डानी एल्भेसको काँधमा टाउको राखेर रोए । एल्भेस गएको सिजन बार्सिलोनाबाट युभेन्टस गएका हुन् ।
लिग अन्तर्गत बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा युभेन्टससँग गोलरहित बराबरीमा रोकिएको बार्सिलोना समग्रमा ३–० को हारसहित प्रतियोगिताबाट बाहिरियो । घरेलु मैदानमा भएका खेलमा बार्सिलोनाले ३५ पटक पोस्ट प्रहार गरेपनि गोल भने गर्न सकेन ।
लियोनल मेस्सी, लुइस स्वारेज तथा नेइमारले गोल गर्ने प्रयास गरे । तर उनीहरुको प्रहार गोलमा परिणत भने हुन सकेन । प्रिक्वाटरफाइनलको दोस्रो लेगमा ऐतिहासिक पुनरागमन गर्ने क्रममा नेइमाले दुई गोल गरेका थिए । तर क्वाटरफाइनलमा उनले गोल गर्न सकेनन् । अघिल्लो चरण पुग्न नसकेपछि नेइमारले आँसु रोक्न सकेनन् । ब्राजिलका नेइमारको नाम विश्वकपपछि फेरियो, आलोचकले उनको नाम राखिदिए–रुन्चे बालक । त्यो गिज्याइएको नामले अझै उनलाई छोडेको छैन । विश्वकपमा सामान्य ट्याकलमा पनि मैदानमा लडेको र रोएको भन्दै उनको आलोचना भयो । अलिहे उनी विश्वकपको पीडा भुलेर फ्रेन्च लिग वानमा रहे त्यहाँ पनि उनी रोए । केही सम्हालिएका २७ वर्षका नेइमारले पछि ट्वीट गरेर जित जस्तै हार पनि खेलको एक हिस्सा भएको र आफूहरुले सक्दो प्रयास गरेको उल्लेख गरे । उनले भने, ‘हामी अन्तिमसँग लडिरह्यौँ । तपाईँहरु सबैलाई साथ र सहयोगका लागि धन्यबाद ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप