मेलिना राई र धिरेनकुमार रोकायाको स्वरमा ‘तारेभिरमा बुकी’ सार्वजनिक


  • हाम्रो कोशी आवाज
  • २०७७ साउन ३२

धरानः नव गायक गायक धिरेनकुमार रोकायाले आफ्नो पहिल्लो म्युजिक भिडियो “तारेभिरमा बुकी” सार्वजनिक गरेका छन् ।

रमाइलो डान्सिङ शैलीको यस गीतमा धिरेनकुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको छ। गीतका शब्द सुमन श्रापितले लेखेका हुन्। बीबी अनुरागीले संगीतवद्द गरेको यस गीतलाई अनुरागीले नै संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ । रक कौशलले छायांकन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्। माधव श्रेष्ठ सह-निर्देशक रहेको भिडियोलाई शिव बिकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो।

गायक रोकायाको पहिलो प्रयास स्वरूप प्रस्तुत गरिएको यस भिडियोलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन्। आगामी दिनमा निरन्तर राम्रा गीत संगीत सार्वजनिक गर्दै जाने गायक रोकायाले बताएका छन्।

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप