कविता श्रेष्ठ र विनयको स्वरमा आयो ‘लकडाउनको तीज’ (भिडियोसहित)


  • हाम्रो कोशी आवाज
  • २०७७ साउन २३

धरानः नारीहरुको विशेष पर्व तिज आउँन अझैपनि केही दिन बाँकी छ । तीज गीतहरुको नेपाली सांगीतिक बजारमा छुट्टै प्रकारको चर्चा हुने गरेको छ ।
तीज गीतहरुले मौलिकता भुलेको, अश्लिल भाषा शैलीको प्रयोग भएको, ३–४ महिना अगाडि देखिनै गीत युट्युव तथा अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप कलाकारहरुलाई लाग्ने गरेको छ ।
यसपटक कोरोना कहरले सार्वजनिक रुपमा तीज मनाउन नसकिने अवस्था छ तर पनि घरमै गीत संगीत सुनेर मनोरंजन होस् भनेर कलाकारहरुले तीजका विभिन्न गीत संगीत सार्वजनिक गरिरहेका छन् । यस्तैमा गीतकार तथा संगीतकार मनोज सिग्देल ‘युरेश’ले तीज कोशेली ‘लकडाउनको तीज’ सार्वजनिक गरेका छन् ।
यस गीतमा शब्द मनोज सिग्देल ‘युरेश’को रहेको छ भने स्वर विनय कार्की र कविता श्रेष्ठको रहेको छ । गीतलाई संगीत संयोजन स्वयम गायक विनय कार्कीले गरेका हुन् । स्टुडियो भर्सनमा निर्माण गरिएको भिडियोमा विनय कार्की र कविता श्रेष्ठ फिचर्ड छन् । भिडियोमा जनकराज अधिकारीको छायांकन र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।
२०६५ साल देखि निरन्तर संगीत क्षेत्रमा संघर्ष गर्दै अघि बढिरहेका गीतकार सिग्देलले हाल सम्म ८ वटा गीत सार्वजनिक गरिसकेका छन् । सम्पूर्ण नेपाली नारीहरुलाई यसै गीत मार्फत शुभकामना दिदै सिग्देलले सुरक्षित तरिकाले तिज मनाउन अनुरोध गरेका छन् । –इमेलमार्फत्

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप