श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल कुटिए


  • हाम्रो कोशी आवाज
  • शनिबार, साउन १७, २०७७

विराटनगरः श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेल कुटिएका छन् ।
भ्रष्टाचारविरोधी अभियान्ता भनेर चिनिएका उनी आफ्नै कर्मचारीले कुटेका हुन् । आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
हरेक शनिबार कार्यालय पुग्ने गरेका उनी कार्यालय सहियोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट प्रमुख सञ्जेलको ओठ काटिएको छ भने टाउकोको विभिन्न भागमा चोट लागेको छ । घटनापछि प्रहरीले सञ्जेलसहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा लगेको छ । कार्यालयमा दुवै पक्षबीच छलफल गराउने प्रयास भइरहेको छ ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले कुटपिट भएको पुष्टि गरे । उनले कुटपिटबाट सञ्जेलको निधारलगायत अनुहारका विभिन्न भागमा चोट लागेको बताए ।
भ्रष्टाचारविरुद्ध आक्रामक हुने सञ्जेल आफू भ्रष्टाचार नगर्ने र आफ्नो कार्यालयमा कार्यरत कोही पनि कर्मचारीलाई भ्रष्टाचार गर्न नदिने बताउँदै आएका छन् । यता कुटपिटमा संलग्नहरुले पटक–पटक सञ्जेलले गालीगलौज गर्ने र अनावश्यक ड्युटीमा लगाउँदै एकलौटी पेल्ने काम गरेकाले कुटपिट गरेको प्रहरीसँग बयान दिएका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप